June 1, 2017

नाक कोट्याएर खानाले मानव शरीरमा बहुउपयोगी फाइदा

b-11-150x150

मानिसहरु सानो बच्चा हुँदा नाक कोट्याउने र ‘स्नोट’ खाने गर्दछन् । कसै–कसैमा यो बानी ठूलो हुँदा जाँदासमेत छुट्न सक्दैन । जसलाई समाजमा एकदमै फोहरी बानीकोरुपमा हेरिन्छ ।

तर, जेसुकै होस् हालै भएको एक अध्ययनले त्यसरी नाक कोट्याएर खानाले मानव शरीरमा बहुउपयोगी फाइदा पुग्ने तथ्य सार्वजनिक गरेको छ ।

उक्त अध्ययन अमेरिकाको ‘नेसनल सेन्टर फर बायोटेक्नोलोजी इन्फरमेसन’ले परमाणविक जीव विज्ञानसम्बन्धी सूचना खोजका लागि गरेको थियो ।

अध्ययनकर्ताहरुले खोजकोक्रममा मानिसको नाकभित्र टाँसिएर बसेको उक्त ‘स्नोट’ अर्थात् सिंगानको जमेको ढिक्का मानव शरीरका लागि बहुपयोगी हुने तथ्य पत्ता लागेको बताएका छन् ।

‘सिन्ह्वा’ समाचार एजेन्सीले उल्लेख गरेअनुसार त्यसरी जमेको सिंगान खाने व्यक्तिको दाँतलगायत अरु अंगमा प्रत्यक्ष सकरात्मक प्रभाव पर्ने उल्लेख गरेको छ ।

सिंगान तथा घाँटीमा हुने चिल्लो पदार्थबाट नाकभित्र रहने ‘स्नोट’ बनेको हुन्छ । जसलाई हाइड्रोफोबिक झिल्लीको प्लाज्माबाट बनेको र्‍यालमा हुने ‘चिल्लोपदार्थ’ भनिन्छ ।

अध्ययनअनुसार यस र्‍यालले मुखमा रहेको ब्याक्टेरियाबाट जोगाउन मद्दत गर्दछ र दाँतलाई चम्किलोसमेत बनाउँछ ।

अध्ययनकर्ताहरुले मानिसहरुको सिंगानबाट सिंथेटिक चुइगम तथा टुथपेस्ट बनाउन सकिने बताएका छन् । उनीहरुले यस तरिकाबाट सिंगानको प्रयोग गर्न सकिए मानिसहरुको दाँतको समस्यालगायत अरु औषधिकोरुपमा प्रयोग गर्न सकिने उल्लेख गरेका छन् ।

अध्ययनमा संलग्न अष्ट्रियन फोक्सो विशेषज्ञ डा.फ्रेडरिक बिसचिंगरले मानिसलाई यो तथ्य तीतो लागेपनि सिंगान मानव शरीरका लागि बहुउपयोगी हुने कुरा वास्तविक रहेको बताए ।

उनले भने–‘समाजमा बालबालिकाले आफ्नो नाक कोट्याउँदा उनीहरुप्रति ठूला व्यक्तिले गर्ने व्यवहार परिवर्तन गर्न जरुरी छ ।’

उनले मानिसहरुले शरीरमा भोजन पचाउनका लागि घाँटीमा किन चिल्लोपदार्थ उत्पादन हुन्छ ? भन्ने कुरा बुझ्नुपर्ने भन्दै मेडिकल क्षेत्रमा यसले ठूलो अर्थ राखेको बताए ।

उनकाअनुसार मानव शरीरको प्रतिरक्षा प्रणालीमा नाकले फिल्टरको काम गर्दछ र ब्याक्टेरियाहरुलाई एकढिक्का बनाएर राख्दछ । अन्त्यमा यो एकढिक्का बनेको सिगानको डल्लो ‘स्नोट’ले एक महत्वपूर्ण औषधिको काम गर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि