दोहामा राष्ट्रपतिले उठाइन् हवाई उडानको प्रसंग

कतार चार दिने भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका उद्योगी व्यवसायीलाई सम्बोधन गर्दै नेपाल लगानीका लागि अाग्रह गरेकी छिन्।

लगानी र प्रतिफलको नेपाल सरकारले ग्यारेन्टी गर्ने उनले बताइन्।

‘कतारका व्यवसायी र लगानीकर्तालाई म आह्वान गर्न चाहन्छु तपाइँहरु नेपालमा लगानी गर्न आउनुहोस्’, उनले भनिन्, ‘म यति भन्छु नेपालमा गरिएको तपाइँकाे लगानीले उच्च प्रतिफल दिनेछ। नेपाल सरकारले लगानी प्रतिफल फिर्ताको ग्यारेन्टी गर्नेछ।’

नेपाल–कतार व्यवसायिक मञ्चलाई बुधबार दोहामा सम्बोधन गर्दै उनले काठमाडौं–दोहा हवाई उडानको प्रशंसा समेत गरिन्। ‘कतार र नेपालबीच सीधा हवाई सम्पर्क र छोटो दूरीका कारण जनस्तरमा समेत राम्रो सम्बन्ध छ’, राष्ट्रपति भण्डारीले भनिन्, ‘दोहा–काठमाडौं रुटमा कतार एयरवेजले दैनिक पाँच उडान गर्छ। नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले पनि एक एक उडान गर्छन्।’

सघन हवाई सम्पर्कबाट नेपाल कतारबीच आगामन सहज हुनुका साथै अन्य मुलुकबाट पर्यटक नेपाल पुग्न सहज भएको उनले उल्लेख गरिन्।

नेपालमा बहुराष्ट्रिय कम्पनीहरुले विगतमा गरेको लगानीले राम्रो प्रतिफल दिएको उनले उदाहरण पेश गरिन्। पर्यटन, उर्जा, कृषि, पूर्वाधार र उत्पादनमूलक उद्योगमा लगानी गर्न उनले सल्लाह दिइन्।

कतारसँग कृषि तथा खाद्य सुरक्षा सम्झौता
राष्ट्रपति भण्डारीको चारदिने औपचारिक भ्रमणका क्रममा कृषि र खाद्य सुरक्षा सहकार्यसम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। दुई देशबीच भएको सो समझदारीपत्रले भविष्यमा कृषि र खाद्य सुरक्षामा सहकार्य गर्न मार्गप्रशसस्त गरेको छ।
सम्झौतामा माछा, पशुपालन र कृषिमा सहकार्य गर्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा