दुनियाँकै महँगो रक्सी, एक बोतलको मूल्य ४० करोड

billionarevidka_7116-570x570यो संसारका अधिकांश मानिसले रक्सी पिउँछन् । के तपाईंले कहिल्यै जान्न खोज्नुभएको छ, दुनियाँको सबैभन्दा महँगो रक्सीको मूल्य कति होला ? अब तपाईंले दुनियाँको सबैभन्दा महँगो रक्सी कुन हो ? यसको मूल्य कति पर्छ ? र, यसको विशेषता के छ ? भन्ने कुरा थाहा पाउनुहुनेछ ।

बिलेनियर भोडका नामक मदिरा नै विश्वको सबैभन्दा महँगो रक्सी हो । यसको नामले नै बताउँछ कि यो अर्बपतिले पिउने भोड्का हो ।

यो भोड्काको एक बोतलको मूल्य झण्डै ४० करोड रुपैयाँ पर्छ । यो रक्सीभन्दा यसको बोतल कैयन् गुणा महँगो छ । बोतलकै कारण यो रक्सीको भाउ यति चर्को भएको हुनुपर्दछ । यो भोड्काको बोतलमा ३ हजार टुक्रा हीरा जडान गरिएको छ ।

यो भोड्का स्वादमा पनि अरु सामान्य भोड्काभन्दा फरक छ । यसको एक बोतलमा ५ लिटर भोड्का छ । यो रसियन भोड्का गहुँ तथा शुद्ध पानीबाट बनाइएको हो ।

डिजाइनर लियोन भेरेसले यो भोड्काको बोतलको डिजाइन गरेका हुन् । उनै डिजाइनरले यसअघि विश्वकै सबैभन्दा महँगो स्याम्पेन पनि डिजाइन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।