December 18, 2017

चुनाव नेपालको, प्रचार चीनको

पुस ३, २०७४, ‘नेपाली नेताहरुलाई होच्याउँदा प्रतिवाद नहुनु विडम्बनापूर्ण छ । जुन पार्टीलाई भोट दिए पनि त्यो नेपाली मतदाताहरुको निर्णय हो । चीन अथवा अर्को कुनै देशको हार वा जित होइन ।’ परराष्ट्रविद् निश्चलनाथ पाण्डे

वाम गठबन्धनको चुनावी जितलाई अन्तर्राष्ट्रिय मिडियाले चीनको विजयका रुपमा चित्रित गरेका छन् । अधिकांश मिडियाले नेपालमा अब बन्ने वाम सरकारको माध्यमबाट चिनियाँ वर्चस्वको अझै तीव्र विस्तार हुने जिकिर गरेका छन् ।

लोकतान्त्रिक स्थायित्व र आर्थिक समृद्धिको नारा दिएर स्पष्ट बहुमत पाएको एमाले-माओवादी गठबन्धनप्रति उनीहरुको आशा र आशंका दुवै प्रकट छ ।

‘द इकोनोमिस्ट’ म्यागजिनले समाचार टिप्पणीको शीर्षक नै ‘द माउन्टेन्स् अफ् माओ’ दिएको छ । शनिबारको अंकमा इकोनोमिस्ट लेख्छ, ‘एमाले र माओवादी केन्द्रले केन्द्रीय सरकारमात्रै होइन, सातमध्ये छ प्रदेशका सरकारमा पनि नियन्त्रण गर्ने देखिएको छ ।

१६५ संघीय सिटमध्ये ७० प्रतिशत उनीहरुले पाउँदैगर्दा कांग्रेसलाई १४ प्रतिशतमात्रै पर्ने देखिन्छ ।’ भारतसँग खुला सिमानाको लाभ नेपालले पाउँदैआए पनि अब बन्ने कम्युनिस्ट सरकार चीनमैत्री हुने उसको विश्लेषण छ ।

अनि भारतसँग निर्भर रहँदै आएको नेपाललाई हिमालयपारि चीनसँगको रेलवे, सडक आयोजना सम्झौताले चिनियाँ राजनीतिक व्यवस्थाप्रति रुझान पनि बढाउन सक्ने आकलन गरेको छ ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा बसन्त बस्नेतले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल