खोलामा खसेर टुक्राटुक्रा भयो बस, यस्तो रहेछ दुर्घटनाको कारण

jajarkot_w3jCIEGkGI-750x563फागुन २७, २०७३ जाजरकोट : जिल्ला सदरमुकाम खलङ्गाबाट साल्म गाविस खाराका लागि छुटेको ना ३ ख २२७९ नम्बरको यात्रुवाहक बस बिहीबार छिन्चु–जाजरकोट सडकखण्डको बोहरा गाउँनजिकै दुर्घटनामा पर्दा २४ जनाको मृत्यु भएको छ। घटनामा परी ३८ जना घाइते भएको प्रहरीले जनाएको छ। गाडीमा १५ जना र उपचारका क्रममा ९ जनाको जिल्ला अस्पतालमा मृत्यु भएको जानकारी जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भावेश रिमालले दिए। तेईसजना यात्रु लिएर ५ बजे बसपार्कबाट छुटेको ५ मिनेटमै गाडी दुर्घटनामा परेको हो।

बसपार्कबाट करिब ४ किलोमिटर दूरीमा पर्ने भेरीमालिका नगरपालिका ४ बोहरागाउँनजिकै जंगलको मोडबाट ३ सय मिटर तल पासागाड खोलामा खसेको बस टुक्राटुक्रा भएको छ। बाटोमा यात्रु थप्दै हिँडेको बसमा कम्तीमा ६२ जना सवार रहेको प्रहरीको भनाइ छ। थोत्रो बस, यात्रुको अत्यधिक चाप, ओरालोमा तीव्र गतिमा कुदाउँदा अनियन्त्रित भई दुर्घटना भएको घाइतेले बताए। घाइतेको जिल्ला अस्पतालमा प्राथमिक उपचार गरिएको थियो। बेड अभावमा अस्पतालको खुला चौरमा घाइतेको प्राथमिक उपचार गरिएको थियो।

अधिकांश घाइतेको अवस्था गम्भीर रहेको जिल्ला अस्पतालकी प्रमुख डा. चाँदनी जैसवालले बताइन् । थप उपचारका लागि २८ जना गम्भीर घाइतेलाई चौरजहारीस्थित मिसन अस्पताल पठाइएको छ। घाइतेको थप उपचारका लागि हेलिकोप्टरबाट राति नै नेपालगन्ज पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक रिमालले बताए । बसको झ्यालबाट हामफालेर बाँचेका रुकुम चौरजहारीका प्रदीप लामिछानेले यात्रुको चाप अधिक रहेको थोत्रो बस ब्रेक फेल भएर दुर्घटनामा परेको बताए। गाडीचालक टोपबहादुर चन्दले ब्रेक फेल भएकाले दुर्घटना भएको बताए।

गोरु तिरुवा, मजकोट ७, घाइते

सिट भरिएर क्याबिन र कोलिया पूरै भरिएको थियो। कोलियामा यात्रु उभिएका थिए। बस तीव्र गतिमा हुइँक्याइएको थियो। बस छुटेको ५ मिनेट मात्र भएको थियो। एक्कासि बम पड्केको जस्तो आवाज आयो। अस्पताल आएपछि मात्र आफू घाइते भएको थाहा पाएँ। परिवारका ८ जना सँगै बस चढेका थियौं। अरू कहाँ छन्, के भयो, केही थाहा छैन।

बिना खत्री, कार्कीगाउँ ३, घाइते

बसमा कोचाकोच यात्रु थिए । निकै थोत्रो बसमा पाइला टेक्नेसम्म ठाउँ नराखेर यात्रु कोचेपछि सुरुमै डर लागेको थियो। छुटेको ५/७ मिनेटमै गाडी दुर्घटनामा परिहाल्यो। ओरालो बाटो मोडमा बस नमोडिएर सीधै भिरमा खस्यो। खुट्टामा सामान्य चोट लागेकाले आफैं हिँडेर सडकमा आएँ। त्यसपछि सेनाको गाडीले हस्पिटल ल्यायो। कडा चट्टाने भीरमा सीधै खसेको बस नै टुक्राटुक्रा भएको छ।

चन्द्रबहादुर भारती, जिल्ला कृषि विकास कार्यालयका कर्मचारी

अफिसको काम सकेर घर फर्कंदै थिए। मेरो घर अफिसदेखि करिब १० किलोमिटर टाढा पर्छ । बसमा खुट्टा टेक्नेसम्म ठाउँ थिएन। घर पुग्न हतारले त्यही बसमा उभिएको थिएँ। बसले चार किलोमिटर मात्र पार गरेपछि मोड आयो। त्यो मोडबाट बस सीधै भिरमा खस्यो। मानिसहरू एक्कासि चिच्याएको र ठूलो आवाज आएकोसम्म थाहा पाउँछु।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल