उपत्यकाको आठ ठाउँमा बन्ने भो सेटलाईट सिटी

काठमाडौं, माघ २१ – काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा स्याटलाइट सिटी निर्माण गर्ने भएको छ । पहिलो चरणमा भक्तपुरको गुण्डु, बालकोट, चाँगु र दुवाकोट, दोस्रो चरणमा ललितपुरको भैँसेपाटी, बुङ्मती, छम्पी र तेस्रो चरणमा काठमाडौँको साँखु र काभ्रेस्थलीमा स्याटलाइट सिटी निर्माण गरिने भएको छ ।satellite-city-kathmanduती स्थानमा स्याटलाइट सिटी निर्माणका लागि सरकारले सम्भाव्यता अध्ययन गरिसकेको र अब विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)को काम अगाडि बढाइने काठमाडौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका योजनाविद् भागवतभक्त खोकालीले अबको १५ वर्षमा उपत्यकाका केही स्थानमा आधुनिक सहर निर्माण गरिसक्ने गरी सरकारले स्याटलाइट सिटी निर्माण गर्न लागेको जानकारी दिए । काठमाडौँ सहर अव्यवस्थित र साँघुरो बन्दै गएको र अब त्यस्तो नहोस् भन्नका लागि सरकारले उपत्यकाको निश्चित स्थानमा स्याटलाइट सिटी निर्माण गर्न लागेको हो ।
स्याटलाइट सिटी निर्माणको कामका लागि अहिले विशेषज्ञसहितको टोलीले सम्भाव्यता अध्ययन गरिसकेको र एक वर्षभित्र डीपीआर तयार गर्ने र सोका आधारमा स्याटलाइट सिटी निर्माणको काम अगाडि बढ्नेछ ।
सहरी विकास मन्त्रालयले यस वर्षको कार्यक्रममा प्रस्तावित स्याटलाइट सिटी निर्माणका लागि डीपीआर तयार गर्न १४ करोड रुपियाँ विनियोजन गरेको छ ।
सरकारले ललितपुरको विभिन्न स्थानमा प्रस्ताव गरेको स्याटलाइट सिटी निर्माणका लागि एक लाख रोपनी र काठमाडौँ र भक्तपुरमा प्रस्तावित सिटी १० हजार रोपनी क्षेत्रमा बन्ने तयारी भएको छ । यसका लागि बजेट विनियोजन भइसकेको र चाँडै काम अगाडि बढ्ने खोकालीले बताए ।
सिटी निर्माण गर्दा सरकारले तोकेको जमिनलाई प्राधिकरणले टाउन प्लानिङ गर्नका लागि ल्यान्डपुलिङ गर्नेछ र सो क्षेत्रमा विद्युत्, पानी, ढल, फोहोर व्यवस्थापन, सञ्चार, शैक्षिक क्षेत्र, खेलमैदान र भौतिक पूर्वाधार, पर्यटकीय स्थान, धार्मिक तथा सांस्कृतिक स्थान र मनोरञ्जन पार्कलगायतका स्थानसमेत छनोट गरिनेछ । आजको गोरखापत्र दैनिकमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल