उदयपुरमा भाइरल ज्वरोको प्रकोप बढ्दै

fever-463x250उदयपुर, १७ भदौ । उदयपुरमा  भाइरल ज्वरोको प्रकोप दिनानुदिन बढ्दै गएकाे छ ।  उदयपुरको मध्य तराईलगायत त्रियुगा नगरपालिका क्षेत्रमा भाइरल ज्वरोको प्रकोप दिनानुदिन बढ्दै गएपछि धेरै स्थानीय बासिन्दा भाइरलबाट प्रभावित हुन थालेका छन् ।

भाइरलको बिरामीको सङ्ख्या बढ्दै गएपछि अहिले जिल्ला अस्पताल उदयपुरमा बिरामीको खचाखच हुन थालेको अस्पतालका चिकित्सक बताउँछन् । पचास शय्या क्षमताको अस्पताल रहेको जिल्ला अस्पतालमा अहिले अस्पतालको सबै सिट तथा शय्या भाइरलको बिरामीले भर्न थालेपछि अन्य बिरामीलाई शय्यामा राखेर उपचार गर्न अभाव हुन थालेको जिल्ला अस्पताल उदयपुरका मेडिकल सुपरिटेन्डेन्ट डा विशाल देवले बताए ।

जिल्लाको पूर्वी क्षेत्रको हँडियाँ, सुन्दरपुर, जोगिदह, त्रियुगा नगरपालिका, साउने, खाँबु, मुर्कुचीलगायत लालपता क्षेत्रका विद्यालय जाने विद्यार्थीदेखि माथिल्लो उमेरका सबैलाई भाइरलले प्रभावित पार्न थालेको स्थानीयवासीले बताएका छन् ।

सुरुमा रुघाखोकी लाख्ने, ज्वरो आउने, नाकबाट पानी आउने र टाउको दुख्नेजस्ता लक्षणबाट बिरामी प्रभावित हुने गरेको त्रियुगा नगरपालिका–७ मोतिगडाका लोकनाथ खतिवडाले बताउनुभयो । भाइरल फैलिनुमा वर्षाको कारण बाढी तथा फोहोर र प्रदूषित पानी, विभिन्न फोहोर दुर्गन्धित वस्तु हावामा फैलिएपछि श्वासप्रश्वासमा भाइरलको जीवाणुले प्रभावित पार्ने र शरीरमा प्रवेश गर्ने कारण मानिसमा भाइरलले प्रभावित पारेको चिकित्सक बताउँछन् । यस्तै यो सरुवा रोग भएको कारण एकबाट अर्कोमा सर्ने गरेको पनि चिकित्सकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि