आँखामुनि कालो धब्बा आउनुका ७ कारण

1518966621dark-circles-750x354एजेन्सी । आँखामुनि कालो धब्बा आउनुको कारण अनिन्द्रा ठानिन्छ । प्रशस्त सुत्नु निकै महत्वपूर्ण भए पनि निन्द्राको अभावले मात्र आँखामा काला र निला धर्सा आउँदैनन् । यसका अन्य कारण छन्ः

खराब जीनः हो, तपाईको आँखामा कालो धर्सा र दाग हुनुको दोष अभिभावकलाई पनि जान्छ । ‘वंशानुगत कारणले कतिपय मानिसको आँखामा काला धर्सा र धब्बा देखिन्छन्,’ न्यूर्योक सिटी अस्पतालका डम्र्याटोलोजिस्ट तथा वरिष्ठ छाला रोग विज्ञ डा ब्रुस काज भन्छन् । ‘भूमध्ये सागरको पृष्ठभूमिका मानिसहरुसमा यस्तो समस्या आउँछ,’ उनी भन्छन् ।

 छालाको रोग (इसेज्मा): छालाको रोगले पनि आँखामा कालो धर्सा आउँछ । यो रोग लाग्दा आँखा चिलचिलाउँछ र आँखामा दाग आउछ । ‘आँखा चिलायो भनेर घोट्दा सुन्निन थाल्छ आँशु वरपरको रक्त कोषका नलीलाई टुटाइदिन्छ जसले आँखा मुनिको छाला कालो र निलो डाम जस्तो देखिन्छ,’ न्यूर्योकस्थित छाला रोग विज्ञ डा डेभिड इ वेंक भन्छन् ।

एलर्जीले पनि कालो बनाउँछ : आँखामा कालो धर्सा आउन इसेज्मा जस्तो छालाको रोग मात्र मुख्य जिम्मेवार छैन । एलर्जीले छालालाई रातो बनाउँछ र रगतको नलीलाई बिस्तार गरिदिन्छ,’ डा बैंक भन्छन् । ‘हाम्रो आँखाको ढकनी र आँखामुनिको छाला शरिरको अन्य भागको तुलनामा निकै पातलो भएकोले सुन्निएको रक्त नली अन्य क्षेत्रको तुलनामा कालो हुन्छ । तसर्थ सम्भव भएसम्म छिटो भन्दा छिटो छालाको एलर्जीको उपचार गर्नुहोस् ।

मेकअपले पनि धर्सा निम्त्याएको हुनसक्छ : मेकअपले कालो धब्बा देखाउँछ भन्दा विश्वास नलाग्न सक्छ । तर, तपाईले मासकारा, आइस्याडो वा कन्सिलर लगायतका उत्पादन प्रयोग गर्नु भएको छ भने तपाईको छालालाई असर गर्छ । ‘कतिपयल मेक अप गर्दा एलर्जी आउँछ र एलर्जीले आँखामुनि कालो धर्सा उत्पन्न हुन्छ,’ डा कताज भन्छन् । नयाँ आइलिन्डर प्रयोग गरेपछि आँखामा केही धब्बाजस्तो कालो आकार देखिने उनी बताउछन् । सौन्दयका सामग्रीमा स्वास्थ्यका लागि हानिकारक मानिएको लीड मिसाइएकोले पनि यो छालाका लागि उपयुक्त मानिदैन ।

हड्डीको बनौटः आँखामा कालो धर्सा देखिनुमा हड्डिको संरचना र विशेषगरी तपाईको अनुहारको आकारमा पनि भर पर्छ । ‘जब मानिसको आखामुनि आँशु झर्छ, आँखामा रहेको आँशुले छालालाई कालो धर्सायुक्त बनाउँछ,’ डा कज भन्छन् ।

नशाले पनि निलो छायाँ देखाउछः यदि तपाईको आँखाको भाग निलोडाम जस्तो देखिन्छ भने यो आँखामा रगत प्रवाह गर्ने नशाहरुको कारणले पनि हुन सक्छ । आँखामुनिको निलो नशाहरु कालो देखिन्छ र यसले आँखाको ढकनी र आँखा वरपरको भागलाई कालो बनाउँछ । तर, यो कालो केबल छालाभित्रको नशा मात्र हो ।

घामबाट जोगिन सक्नु भएको छैनः बाहिर घाममा निस्कदा छालामा चमक आउछ भन्ने तपाईलाई लाग्छ होला । तर, सत्य यो होइन । तपाईको कोमल आँखाको छाला घाममा देखाउँदा झन कालो हुन्छ । आँखाको ढकनी र आँखा वरपरको छाला शरिरमै सबैभन्दा पातलो हुन्छ । तसर्थ सूर्यको प्रकाश वा घामले यो भाग छिट्टै डढाइदिन्छ । जसका कारण तपाईंको छाला कालो दाग देखिन्छ र छालाको पारदर्शीतामा असर गर्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि