उत्तर कोरियाका शासक किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर विश्वभर अनेकौँ टिप्पणीहरु भइराखेका छन् । केही अन्तराष्ट्रिय मिडियाहरुले प्रकाशित गरेको रिपोर्ट अनुसार किम जोंग उन ब्रेन डेड अवस्थामा रहेका छन् । अप्रिल ११ पछि गुमनाम रहेका किमको केही हप्ता अगाडि शल्यक्रिया भएको बताइएको थियो ।
उनको अवस्था नाजुक रहेको खबर बाहिर आएकाे थियाे । तर, अमेरिकी गुप्तचर विभाग जसले उत्तर कोरियालाई विशेष रुपमा नियाल्दै आइरहेको छ, उक्त समुहका अनुसार किम जिउँदै रहेका छन् ।
केही दिन अगाडि किमको रेलको तस्बिरहरु स्याटलाइटमार्फत खिचिएको थियो । उनी विशेष इलिट क्षेत्रमा आराम गरिरहेको उनीहरुको दाबी रहेको छ ।
त्यस्तै दक्षिण कोरियाको गुप्तचर विभागले पनि उनी जिवित रहेको जिकिर गरेको छ । तर, केही मिडियाले भने उनको मृत्यु भइसकेको खबर प्रकाशित समेत गरिसकेका छन् । किमको अवस्थाबारे पुष्टि गर्ने समाचार हालसम्म प्रकाशित हुन सकेको छैन ।
उत्तर कोरियामा किमबारे कुनै पनि खबर बाहिरिन नदिन विशेष सयन्त्र बनाइएको मिडिया रिपोर्टमा उल्लेख छ ।
भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने
२०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी
जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा
पाल्पा, भदौ २० गते । विद्यार्थी नेता एवं नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरे पाल्पा क्षेत्र
काठमाडौँ, ११ बैशाख । सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच
काठमाडौँ, १० बैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै छ । पार्टी