फागुन २१
गुलरिया – मुलुककै लामो कर्णली पुल बनेको दुई बर्षमै चिरा परेको छ ।
कोठियाघाटस्थित कर्णालीको भँगालो गेरुवा नदिमा बनाइएको पुल ०७१ असोजबाट सञ्चालनमा आएको थियो । ०६७ असारदेखि निर्माण थालिएको पुल ०७२ असार मसान्तमा पुरा गर्ने सम्झौता थियो । लक्ष्यभन्दा एक बर्षअघि नै पुल निर्माण सम्पन्न भएको भन्दै ठेकेदारले हस्तान्तरणा गरेका थिए । यसबापत निर्माण कम्पनीलाई सरकारले पुरस्कृत गरेको थियो ।
पुलको माथिल्लो भाग चिरा पर्दै गएपछि जोखिमपूर्ण रहेको स्थानीयले बताए । पुलको लम्बाइ एक हजार १४ मिटर र चौडाइ ९ मिटर १० सेन्टिमिटर छ ।