श्रममन्त्री साह बर्खास्त

चैत २६, काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह लाई पदमुक्त गरेका छन्। प्रधानमन्त्री शाहले सम्बन्धित पार्टीको सिफारिसका आधारमा मन्त्री साहलाई बर्खास्त गरेका हुन्।

रवि लामिछाने ले मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरेको आरोप लगाउँदै उनलाई फिर्ता बोलाउन प्रधानमन्त्रीसमक्ष पत्र पठाएका थिए। मन्त्री साहले आफ्नी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनः नियुक्त गर्ने निर्णय गरेपछि विवाद चर्किएको थियो।उनको विगतसमेत विवादित रहेको भन्दै अन्ततः उनलाई पदमुक्त गरिएको हो। साह करिब १३ दिनअघि मात्र मन्त्रीमा नियुक्त भएका थिए।

यसैबीच, गम्भीर विषयमा अपेक्षित संवेदनशीलता नदेखाएको भन्दै रवि लामिछाने ले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराउन प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए। सोही आधारमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई सचेत गराइसकेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

गाडी भाडा वृद्धि

  चैत २५, काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको

सर्वोच्चको परमादेश : बेपत्ता परिवारको हकमा बाधक १५ कानुन संशोधन गर्न सरकारलाई निर्देशन

  चैत २४,काठमाडौं । सर्वोच्च अदालत ले सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिहरूका परिवारले हक–अधिकार उपभोग गर्न

पुराना सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न कानुनी व्यवस्था गरिने

 चैत २३,काठमाडौ। सरकारले पेट्रोलियम पदार्थको बढ्दो आयात घटाउने र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यसहित डिजेल

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौँ, चैत २३ गते । प्रतिनिधिसभाबाट तीन अध्यायदेश स्वीकृत भएको छ । सभाको आजको बैठकबाट ‘मतदाता

सभामुखमा अर्याल निर्विरोध

 चैत २०, काठमाडौँ ।  प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद (डिपी) अर्याल निर्विरोध निर्वाचित भएका छन्।  राष्ट्रिय स्वतन्त्र