१५ सदस्यीय मन्त्रिपरिषद् गठन : प्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीको शपथ

 चैत १३, काठमाडौं । । प्रधानमन्त्री बालेन्द्र शाह सहित १५ सदस्यीय मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। रामचन्द्र पौडेल समक्ष राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाहले शपथ लिएलगत्तै मन्त्रिपरिषद्का अन्य सदस्यहरूले पनि शपथ लिएका हुन्।

नवनियुक्त मन्त्रिपरिषद्मा अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुदन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गणेश पौडेल तथा शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल रहेका छन्।

यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानीमन्त्री निशा मेहता, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिना, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण तथा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरणमन्त्री गीता चौधरी, श्रम, रोजगारमन्त्री दीपक साह तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादी रहेका छन्।

नवनियुक्त मन्त्रिपरिषद्ले अब शासन सञ्चालन तथा नीतिगत निर्णय प्रक्रियालाई अघि बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

चैत १३ काठमाडौँ । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। रामचन्द्र पौडेलले उनलाई आज बिहान प्रधानमन्त्रीमा नियुक्त

‘जेनजी आन्दोलन’मा दमनबारे आयोगको प्रतिवेदन सार्वजनिक, २८ घाइतेका बयान समेटिए( यस्तो छ पुर्ण पाठ )

चैत १२,काठमाडौँ । भ्रष्टाचार नियन्त्रण र सुशासनको मागसहित भदौ २३ र २४ गते सञ्चालन भएको

युद्धविरामका लागि अमेरिकाको १५ बुँदे प्रस्ताव, इरान मौन

काठमाडौं, चैत ११ ।इरानसँग जारी द्वन्द्व अन्त्यका लागि अमेरिकाले १५ बुँदे सर्तसहितको प्रस्ताव पठाएको अन्तर्राष्ट्रिय

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

नागरिकताकै डाटाबाट राष्ट्रिय परिचयपत्र, अब छुट्टै फाराम भर्नु नपर्ने

चैत ९,काठमाडौँ। राष्ट्रिय परिचयपत्र बनाउँदा अब नागरिकले छुट्टै आवेदन फाराम (प्रि–इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,