नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ (International Wellness Day) का रूपमा मनाउने निर्णय गरेको छ। महासभाले मङ्गलबार उक्त प्रस्ताव भारी मतका साथ पारित गरेसँगै अब हरेक वर्ष अप्रिल १५ मा विश्वभर यो दिवस मनाइने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।नेपालले अघि सारेको यो प्रस्तावलाई चीन र भारतसहित ४० मित्रराष्ट्रहरूले समर्थन जनाएका थिए। नेपालको मौलिक आरोग्यता अभ्यासलाई विश्वस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रस्तुत गरिएको उक्त प्रस्ताव पारित हुनु नेपाल र यस क्षेत्रका लागि गौरवको विषय भएको सरकारको भनाइ छ।

परराष्ट्रमन्त्री बालानन्द शर्माले मन्त्री पद सम्हालेको दिन नै उक्त प्रस्ताव महासभामा लैजाने निर्णय गरिएको बताउनुभयो। उहाँका अनुसार ध्यान, योग, आरोग्यता, प्राकृतिक उपचार, आयुर्वेदिक पद्धति तथा आदिवासी ज्ञान–अभ्यासलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने माध्यमका रूपमा यो दिवस महत्त्वपूर्ण हुनेछ।मन्त्री शर्माले नेपालको पूर्वीय ज्ञान, धार्मिक तथा यौगिक आचरण, अनुभव र आरोग्यसम्बन्धी अभ्यास अब विश्व समुदायले सुन्ने, बुझ्ने र अपनाउने अवसर प्राप्त भएको उल्लेख गर्नुभयो। उहाँले यसलाई नेपालको कूटनीतिक ‘सौम्य शक्ति’ को महत्वपूर्ण उपलब्धि समेत बताउनुभयो।

परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार आरोग्य दिवसले मानिसको शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक र भावनात्मक स्वास्थ्यलाई सन्तुलित बनाउन विश्वव्यापी जागरण सिर्जना गर्ने अपेक्षा गरिएको छ। साथै स्वस्थ जीवनशैली, आयुर्वेदिक उपचार प्रणाली र समावेशी स्वास्थ्य व्यवस्थाको प्रवर्द्धनमा पनि यसले योगदान पुर्‍याउने विश्वास गरिएको छ।नेपालको जैविक विविधता, जडीबुटी, प्राकृतिक सम्पदा तथा परम्परागत उपचार पद्धतिलाई विश्वमाझ चिनाउने अवसरका रूपमा पनि यस दिवसलाई हेरिएको छ। मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालका अनुसार आरोग्य पर्यटनको विकासमार्फत वैदेशिक मुद्रा आर्जनका नयाँ सम्भावनासमेत खुल्ने अपेक्षा गरिएको छ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले आरोग्यता सम्बन्धी नेपालको ज्ञान, संस्कृति र जीवनशैलीलाई ‘सौम्य कूटनीति’ मार्फत विश्व समुदायमा प्रवर्द्धन गर्ने योजना बनाइएको जानकारी दिनुभयो। साथै यी अभ्यासलाई डिजिटल माध्यमबाट विश्वव्यापी रूपमा विस्तार गर्ने विषयमा पनि मन्त्रालयले छलफल थालेको जनाएको छ।यस वर्ष पहिलो पटक मनाइने अन्तर्राष्ट्रिय आरोग्य दिवस नेपालमा भने नयाँ वर्ष २०८३ वैशाख २ गते पर्न गएको छ। सरकारले यस अवसरलाई नेपाल चिनाउने नयाँ कूटनीतिक आयामका रूपमा उपयोग गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल