जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि आफ्नो पार्टी चुनावमा जाने स्पष्ट पारेका छन्। सोमबार बिहान भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले चुनावका लागि शान्ति–सुरक्षाको सुनिश्चितता अनिवार्य रहेको बताए।

“हामी जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ। तर शान्ति–सुरक्षाको प्रत्याभूति हुनुपर्छ। त्यो अवस्था भने अझै बनेको छैन,” ओलीले भने।

उनले सरकारले शान्ति–सुरक्षाको अवस्था प्रभावकारी रूपमा सुनिश्चित गर्न नसकेको आरोप लगाउँदै विभिन्न किसिमका आपराधिक घटनाहरू अझै भइरहेकाले चिन्ता व्यक्त गरे।

झापा–५ लाई ‘इपिसेन्टर’ भनिएको विषयमा गरिएको प्रश्नमा ओलीले आपत्ति जनाउँदै भने, “केको इपिसेन्टर हुन्छ ? वाहियात कुरा हो। कसले भन्यो यस्तो ?”

ओली आज अपराह्न आफ्नै गृह नगर दमक पुगेर पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ। झापा–५ बाट काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र साह (बालेन)सँग ओलीले चुनावी प्रतिस्पर्धा गर्न सक्ने चर्चा चलिरहेको छ। बालेनले आइतबार मेयर पदबाट राजीनामा दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिउँ पर्ने बहानामा दुई चरणमा निर्वाचन स्वीकार्य छैन : ओली

 माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा

मध्यम वर्ग लक्षित वाचापत्र ल्याउँछौँ:रास्वपा नेता खनाल

२०८२ माघ १८,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनका लागि

सहिद दिवसमा प्रधानमन्त्री कार्कीको सन्देश: अब कुनै आमाको काख रित्तिन नपरोस्

माघ १६,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदको साहस, चेतना र संकल्पका कारण आज देश परिवर्तनको

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०