पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार दिउँसो ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिले नाम दर्ता गरिसकेका छन्। नाम दर्ता प्रक्रिया बिहान ८ बजेदेखि सुरु भएको हो।
महाधिवेशन स्थलको मूल गेट नजिकै रहेको स्टलबाट नाम दर्ता तथा कार्ड वितरणको काम भइरहेको सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिए। उनका अनुसार नाम दर्ता शुल्क एक हजार रुपैयाँ तोकिएको छ। हाल कार्यक्रममा सहभागी प्रतिनिधिहरूले क्रमशः नाम दर्ता गरी कार्ड लिने प्रक्रिया जारी राखेका छन्।
पार्टी विधानको धारा १७(२) बमोजिम पार्टीका करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरेका थिए। सोही आधारमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन्। यद्यपि, संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गरेको छ।
विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुने कार्यतालिका रहेको छ।
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७,काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टीको विशेष महाधिवेशन विधि र विधानअनुसार सम्पन्न
काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण
बुधबार, पुस २३, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी
पुस २२,काठमाडौं । निर्वाचन आउन ५८ दिन मात्र बाँकी रहँदा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि