पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार दिउँसो ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिले नाम दर्ता गरिसकेका छन्। नाम दर्ता प्रक्रिया बिहान ८ बजेदेखि सुरु भएको हो।
महाधिवेशन स्थलको मूल गेट नजिकै रहेको स्टलबाट नाम दर्ता तथा कार्ड वितरणको काम भइरहेको सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिए। उनका अनुसार नाम दर्ता शुल्क एक हजार रुपैयाँ तोकिएको छ। हाल कार्यक्रममा सहभागी प्रतिनिधिहरूले क्रमशः नाम दर्ता गरी कार्ड लिने प्रक्रिया जारी राखेका छन्।
पार्टी विधानको धारा १७(२) बमोजिम पार्टीका करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरेका थिए। सोही आधारमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन्। यद्यपि, संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गरेको छ।
विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुने कार्यतालिका रहेको छ।
माघ २० , काठमाडौं। नेपालमा व्यक्तिगत डाटा संरक्षणसम्बन्धी स्पष्ट कानुन र प्रभावकारी नियमन नहुँदा डाटा
माघ १९,काठमाडौँ । देशभर ७ लाख ७० हजार बालबालिका गरिबी, न्यून आयस्तर, विकट भूगोल र
२०८२ माघ १८,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनका लागि
माघ १६,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदको साहस, चेतना र संकल्पका कारण आज देश परिवर्तनको
माघ १५,काठमाडौं । पछिल्लो समय पश्चिमी देशहरू आफ्ना राष्ट्रिय हितको खोजीमा एसियातर्फ केन्द्रित हुन थालेका
माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि