रास्वपा र बालेनबीच ७ बुँदे सहमति, ‘वृहद एकता’मार्फत सहकार्य अघि बढाउने प्रतिबद्धता

काठमाडौँ, पुस १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच ‘वृहद एकता’ मार्फत सहकार्य गर्ने विषयमा सातबुँदे औपचारिक सहमति भएको छ। सुशासन, सामाजिक न्याय र भ्रष्टाचारविरुद्धको साझा एजेन्डालाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित दुवै पक्षबीच सहमति भएको हो।

सहमति पत्रमा लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गर्दै आम नागरिकका समस्या समाधान गर्न सुसंस्कृत तथा परिवर्तनकामी राजनीतिक शक्तिहरूबीच सहकार्य अपरिहार्य रहेको उल्लेख छ। साथै, २०८२ साल मंसिर २३ र २४ गतेको जनआन्दोलनसहित विभिन्न कालखण्डका आन्दोलनमा ज्यान गुमाएका शहीद र घाइतेहरूको बलिदानलाई प्रेरणादायी स्मृतिका रूपमा स्मरण गरिएको छ।

सहमतिको मुख्य बुँदामा भ्रष्टाचार र कुशासनविरुद्ध नवयुवाले गरेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ। त्यस्तै, गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन गर्दै आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्य लिइएको छ।

सहमति अनुसार वृहद एकतापछि बन्ने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ। पार्टीको झण्डा हालकै स्वरूपमा कायम रहने, चुनाव चिन्ह ‘घण्टी’ रहने तथा केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने उल्लेख गरिएको छ। पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने सहमतिमा उल्लेख छ।

वृहद एकतापछि पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउँदै युवा अभियन्ता तथा अनुभवी विज्ञहरूको सहभागिता सुनिश्चित गरिने जनाइएको छ। जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार बनाइने सहमति गरिएको छ। यस सहमतिअनुसार आवश्यक दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने प्रतिबद्धता पनि गरिएको छ।

सहमति पत्रमा रास्वपाको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समृद्धि र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत तथा परिवर्तनकामी राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गरिएको छ।

उक्त सहमति पत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको हस्ताक्षर रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

विशेष महाधिवेशनमा गोपालमान श्रेष्ठको आग्रह : पार्टी नेतृत्वमा युवालाई अघि सार्नुपर्छ

पुस २७,काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टीको विशेष महाधिवेशन विधि र विधानअनुसार सम्पन्न