सर्वोच्चमा एकै दिन २४६ बैंकिङ कसुरका मुद्दा, १२२ वटामा मिसिल प्राप्तिको आदेश

काठमाडौँ, पुस १३ । सर्वोच्च अदालतमा आइतबार बैंकिङ कसुरसम्बन्धी २४६ वटा मुद्दाको एकै दिन पेसी तोकिएको छ। तीन वटा इजलासमा यी मुद्दाहरूको सुनुवाइका लागि पेसी तोकिएको हो।

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले गत भदौ २४ गते भएको आगजनीका कारण बैंकिङ कसुरसम्बन्धी १२२ वटा मुद्दाको मिसिल जलेको भन्दै ती मिसिल पुनः प्राप्त गर्न आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ।

त्यस्तै, न्यायाधीशद्वय शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा रहेको गोपालप्रसाद तिमिल्सेनासम्बन्धी बैंकिङ कसुरको मुद्दा ‘हेर्न नमिल्ने’मा राखिएको छ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासमा मात्रै १२३ वटा बैंकिङ कसुरका मुद्दा परेका छन्। तीमध्ये १२ वटा मुद्दाका मिसिल पनि आगजनीका कारण जलेका छन्।

सर्वोच्चका अनुसार एउटै व्यक्तिका धेरै मुद्दा हुनु तथा अधिकांश बैंकिङ कसुरका मुद्दाहरू एउटै इजलासमा परेको कारण एकै दिन धेरै मुद्दाको पेसी देखिएको हो। प्रधानन्यायाधीश राउत र न्यायाधीश पोखरेलको इजलासमा चिरन बादे श्रेष्ठ र अखिल देवकोटाले संयुक्त रूपमा नेपाल सरकारलाई विपक्षी बनाएर दायर गरेका ३० वटा बैंकिङ कसुरसम्बन्धी मुद्दा पनि सुनुवाइका लागि पेसीमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग