रवि–बालेनको सहमतिप्रति हर्क साम्पाङको कडा टिप्पणी

विराटनगर, पुस १३ । चुनावको मिति घोषणा भएपछि श्रम संस्कृति पार्टी गठन गरी चुनावी प्रचारमा सक्रिय धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नयाँ तथा वैकल्पिक राजनीतिक शक्ति भनिएका दल र नेताहरूप्रति कडा टिप्पणी गर्दै आएका छन्।

सामाजिक सञ्जालमार्फत उनले उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि विदेशीको इसारामा चलेको आरोप लगाएका छन्। पछिल्लो समय उनले परम्परागत ठूला दलभन्दा पनि नयाँ दल र नेताहरूमाथि बढी आक्रामक अभिव्यक्ति दिँदै आएका छन्।

हालै रास्वपा सभापति लामिछाने र मेयर साहबीच भएको सातबुँदे सहमतिप्रति प्रतिक्रिया दिँदै साम्पाङले उक्त सहमतिलाई विदेशीको प्रभावमा भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “फटाहाहरू… सिंहदरबार जलाउने र जेन–जीको हत्या गर्नेहरूले विदेशीको इसारामा देश चलाउने रे !”

साम्पाङले थप टिप्पणी गर्दै जनतामा जान नसक्नेहरूले प्रधानमन्त्री बन्ने सपना देखेको आरोप लगाएका छन्। साथै, मिडिया ट्रायलमार्फत प्रधानमन्त्री घोषणा गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

विशेष महाधिवेशनमा गोपालमान श्रेष्ठको आग्रह : पार्टी नेतृत्वमा युवालाई अघि सार्नुपर्छ

पुस २७,काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टीको विशेष महाधिवेशन विधि र विधानअनुसार सम्पन्न

कुलमान घिसिङको घोषणा : ‘अबको मेरो बाटो राजनीतिक हुनेछ “

बुधबार, पुस २३, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी