चुनावमा उम्मेदवारी दर्ताअघि मन्त्रीबाट राजीनामा दिने संकेत गर्दै कुलमानको भनाइ: नयाँ शक्तिहरू एकताबद्ध हुनुपर्छ

पुस ९, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले आफू सक्रिय राजनीतिमा प्रवेश गरिसकेको उल्लेख गर्दै आगामी निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने समय आउँदा मन्त्री पदबाट राजीनामा दिने संकेत गरेका छन्।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री घिसिङले निर्वाचन प्रक्रियामा प्रवेश गर्दा उपयुक्त समयमा आवश्यक निर्णय लिइने बताए। “जुन बेला हामी चुनावमा जान्छौँ, उम्मेदवारी दर्ता गर्ने समय आउँछ। त्यतिबेला उपयुक्त निर्णय गर्छौँ,” उनले भने।

उनले वर्तमान सरकारको मुख्य कार्यभार नै निर्वाचन रहेको उल्लेख गर्दै चुनावमा नयाँ शक्तिहरू एकताबद्ध भएर जानुपर्ने आवश्यकता औँल्याए। “आआफ्नो क्षेत्रबाट जुनसुकै परिस्थितिमा योगदान पुर्‍याउनुपर्छ। सबै आफैंमात्रै सही हुँ भन्ने सोचले अघि बढ्नु हुँदैन,” उनले भने।

नयाँ शक्तिहरूबीच कसरी सहकार्य हुन्छ भन्ने विषयभन्दा पनि सबै मिलेर अघि बढ्नुपर्नेमा आफूहरू एकमत रहेको घिसिङको भनाइ छ। “को–को कसरी मिल्ने भन्ने होइन, नयाँ शक्तिहरू सबै मिल्ने हो,” उनले स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘चुनाव हुन नदिनु भन्ने अधिकार जेन–जीलाई छैन’ : मेयर महर्जन

२ पुस, काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले घोषित निर्वाचन हुन नदिनु भन्ने अधिकार

एमाले महाधिवेशनस्थलमा लोकगायिका ज्योती मगरको सहभागिता

पुस १, काठमाडौं । चर्चित लोकगायिका ज्योती मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डपमा देखिएकी छन् ।

मेरो कित्ता एमाले हो : गोकुल बास्कोटा

मंसिर २९, काठमाडौं — नेकपा एमालेका नेता गोकुल बास्कोटाले आफूलाई कित्ताकाट नगर्न आग्रह गर्दै आफ्नो

रास्वपासँग एकता वार्ता नगर्ने उनेपाको निष्कर्ष, ‘राजनीतिक बेइमानी’ गरेको आरोप

मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच

अब हुने निर्वाचनमा एमाले बहुमतसहित विजयी हुन्छ : अध्यक्ष ओली

मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता