सरकार पुनरुत्थान र पुनर्निर्माणको बाटोमा अघि बढ्न सफल : अर्थमन्त्री खनाल

३ पुस, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेन–जी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुनर्निर्माणको दिशामा अघि बढ्दै नागरिकमा आशा जगाउन सफल भएको बताएका छन्।

बिहीबार काठमाडौंमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री खनालले भदौ २३ र २४ को घटनापछि देश गम्भीर अनिश्चितताको अवस्थामा पुगेको अनुमान गरिए पनि सरकारले ९० दिनभित्रै ती आशंकालाई चिर्दै तीव्र गतिमा पुनर्निर्माणको बाटो समातेको बताए।

उनले भने, “भदौ २३ र २४ को घटनापछि एक साताभित्रै नेपाल अनिश्चितताको भुमरिमा फस्ने, अर्थतन्त्र ध्वस्त हुने र नागरिकले गम्भीर कठिनाइ भोग्नुपर्ने अनुमान गरिएको थियो। तर त्यसको विपरीत, हामी ९० दिनको अवधिमै पुनरुत्थान, पुनर्निर्माण र आशा जगाउने दिशामा अघि बढ्न सफल भएका छौँ।”

अर्थमन्त्री खनालका अनुसार कच्चा पदार्थको आयात बढ्नुले उत्पादन गतिविधिमा गतिशीलता आएको संकेत गरेको छ। पछिल्ला तीन महिनामा आर्थिक गतिविधि चलायमान भएको तथ्यांकले देखाएको उनको भनाइ छ।

भदौ महिनामा केही ह्रास देखिए पनि असोज, कार्तिक, मंसिर र पुस महिनाको हालसम्म करिब १० प्रतिशतको हाराहारीमा कर राजस्व वृद्धि भएको उनले जानकारी दिए।

“अर्थतन्त्र चलायमान छ कि छैन भन्ने मूल्याङ्कन मूल्यवृद्धि कर, अन्तःशुल्क र भन्सार राजस्व संकलनबाट स्पष्ट हुन्छ,” उनले भने, “कच्चा पदार्थ, उपभोग्य तथा अन्तरमध्यवर्ती वस्तुको आयातले उत्पादन र उपभोग दुवै बढाएको छ, जसको प्रभाव पछिल्ला महिनाहरूको राजस्व वृद्धिमा देखिएको छ।”

उनका अनुसार पछिल्ला तथ्यांकले अर्थतन्त्र क्रमशः स्थायित्वतर्फ उन्मुख हुँदै गएको संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा