‘चुनाव हुन नदिनु भन्ने अधिकार जेन–जीलाई छैन’ : मेयर महर्जन

२ पुस, काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले घोषित निर्वाचन हुन नदिनु भन्ने अधिकार कुनै पनि समूहलाई नभएको स्पष्ट पारेका छन्। उनले जेन–जी समूहले ‘चुनाव हुन दिन्नौँ’ भन्ने अभिव्यक्ति दिनु उचित नभएको बताए। ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मेयर महर्जनले घोषित निर्वाचनलाई सफल बनाउन जेन–जीसहित सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिए।

पछिल्लो समय जेन–जीको अभिव्यक्ति परिवर्तन भएकोप्रति चिन्ता व्यक्त गर्दै उनले उनीहरू अझै परिपक्व नहुन सक्ने उल्लेख गरे। “सम्मानीय प्रधानमन्त्रीज्यूको वर्तमान सरकारको मुख्य दायित्व फागुन २१ गते हुने निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु हो,” उनले भने, “तर पछिल्लो कालखण्डमा जेन–जीले चुनाव हुन दिन्नौँ भन्ने किसिमको भाव व्यक्त गर्नु ठीक होइन। चुनाव हुनैपर्छ।”

मेयर महर्जनले जेन–जीलाई आफ्ना अभिभावकसरह व्यक्तिहरूले अघि सारेका लोकतान्त्रिक प्रक्रियामा सहयोग गर्न आग्रह गरे। आफ्नो दुई कार्यकालमा महानगरभित्र उल्लेखनीय परिवर्तन गर्न सफल भएको दाबी गर्दै मेयर महर्जनले अहिले पनि महानगरमा दैनिक रूपमा नयाँ–नयाँ विकास र सुधारका काम निरन्तर भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुलमान घिसिङको घोषणा : ‘अबको मेरो बाटो राजनीतिक हुनेछ “

बुधबार, पुस २३, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

रास्वपाको नयाँ पदाधिकारी टुंगो

२१ पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकता प्रक्रियामा जोडिएका विवेकशील साझा र काठमाडौं

नयाँ वर्षको सुरुआतसँगै एआईको प्रभाव, सेयर बजार सुदृढ

१८ पुस,टोकियो । एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक संकेतका साथ गरेका छन्

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र