जेन–जी आन्दोलनमा पक्राउ परेकामध्ये ७४ जना जेल चलान, ९२ जना हाजिरी जमानीमा रिहा


मंसिर २४, काठमाडौं । जेन–जी आन्दोलनका क्रममा पक्राउ परेकामध्ये ७४ जनालाई जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने ९२ जनालाई हाजिरी जमानीमा रिहा गरिएको छ।

मंगलबार, टीओबी (Tibetan Original Blood) लेखिएको पोसाकसहित प्रदर्शनमा सहभागी थिएञ्जिङ दावा काठमाडौं जिल्ला अदालतले ५ लाख २० हजार रुपैयाँ धरौटीमा रिहा गर्यो। दावा यस प्रकारको कसुरमा धरौटी पाएर छुट्ने पहिलो व्यक्ति होइनन्। यसअघि नै आन्दोलनका क्रममा उदण्डता प्रकरणमा संलग्न ८५ जनाले धरौटीमा रिहा हुने आदेश पाइसकेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार हाल ४५ जना प्रहरी हिरासतमा रहेका छन्, जबकि ९२ जना दैनिक हाजिरी जमानीमा रिहा भई अनुसन्धानमा रहेका छन्। प्रदर्शनका क्रममा विभिन्न स्थानमा हातहतियार लुटपाट गर्ने तथा अन्य उपद्रवका अधिकांश आरोपी धरौटी, हाजिरी जमानी वा साधारण तारेखमा रिहा भएका छन्। हातहतियारसहित पक्राउ परेकामध्ये १८ जनालाई हाजिरी जमानीमा छाडिएको प्रहरीले जनाएको छ।

आन्दोलनका क्रममा महाराजगञ्ज र कोटेश्वर क्षेत्रका तीन प्रहरीको हत्या भएको थियो। सो घटनामा संलग्न १५ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी सबैलाई पुर्पक्षका लागि जेल चलान गरिएको जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।त्यसैगरी, प्रहरीमाथि आक्रमणका क्रममा मतियारको भूमिकामा देखिएका एक जनाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाइएकामा उनी पनि पुर्पक्षका लागि कारागारमा छन्।

हातहतियार लुट्ने, लुकाउने र सार्वजनिक रूपमा प्रदर्शन गर्ने घटनामा संलग्न १६ जनालाई प्रहरीले नियन्त्रणमा लिई पुर्पक्षका लागि कारागार पठाइसकेको छ। डाँका चोरीको मुद्दामा पक्राउ परेका दुई जनाको भद्रकाली प्रहरी परिसरमा अनुसन्धान जारी छ।एसपी भट्टराईका अनुसार हालसम्म अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएका ७४ जनामध्ये ३७ जना आपराधिक उपद्रव, १६ जना हातहतियार, ३ जना चोरी, १५ जना कर्तव्य ज्यान र १ जना ज्यान मार्ने उद्योगका अभियुक्त छन्।धरौटीमा छुट्नेमध्ये ५३ जना आपराधिक उपद्रव, १२ जना चोरी तथा अन्य अभद्र व्यवहारका मुद्दामा छुटेका छन्।

यससँगै जिल्ला प्रहरी हिरासतमा रहेका ८५ जनामध्ये ५३ जना आपराधिक उपद्रव, ११ हातहतियार, २ चोरी, १ ज्यान मार्ने उद्योग तथा २ जना डाँका चोरीका मुद्दामा अनुसन्धान अवस्थित छन्।दैनिक हाजिर जमानीमा रिहा गरिएका ९२ जनामध्ये ६७ जना आपराधिक उपद्रव, १८ हातहतियार, ४ चोरी, १ संयुक्त उपद्रव–चोरी र २ अभद्र व्यवहारका छन्।सरकारी वकिलको रायका आधारमा आपराधिक उपद्रव तथा हातहतियारका एक–एक जनालाई मुद्दा नचलाइ रिहा गरिएको र अभद्र व्यवहारमा एक जनाले अदालतबाट सफाइ पाएको प्रहरीले जनाएको छ। साथै, ७ जनालाई अदालतले साधारण तारेखमा रिहा गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक