नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि चलनचल्तीमा ल्याएको छ। बैंकले बिहीबार जारी गरेको सूचनामार्फत उक्त नोट आजदेखि बजारमा प्रचलनमा आएको जनाएको हो।

नयाँ नोटमा उन्नत सुरक्षा सुविधा र दृश्यात्मक विशेषता समावेश गरिएको बैंकले जानकारी दिएको छ। नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानी छाप छ। मध्यभागमा नेपालको नक्सा र अशोक स्तम्भको चित्र समावेश गरिएको छ।

साबिककै आकार र रङमा आएको यस नोटमा “नेपाल सरकारको जमानत प्राप्त यसको रुपियाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट १०० रुपियाँ तुरुन्त पाइने छ” भन्ने अभिलेख उल्लेख गरिएको छ।

दृष्टिविहीन प्रयोगकर्तालाई सहज बनाउन अशोक स्तम्भसँगै छामेर पहिचान गर्न सकिने एक कालो थोप्ला राखिएको छ। त्यस्तै, बायाँतर्फ अण्डाकार भित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र पनि समावेश गरिएको बैंकले जनाएको छ।

सुरक्षाका लागि नोटमा २ मिमी चौडाइको सुरक्षा धागो राखिएको छ, जसलाई सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ देखिन्छ।

नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत छ भने तल्लो भागको किनारमा नेपाली अक्षरमा ‘वि. सं. २०८१’ सिरिज नम्बर उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष