काठमाडौँ, असोज ३१ गते। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङले हालको चुनौतीपूर्ण परिस्थितिमा पनि नागरिक सुरक्षाको जिम्मेवारी पूरा गर्नु नेपाल प्रहरीका सबै सदस्यको पहिलो कर्तव्य भएको बताएका छन्।
७०औँ प्रहरी दिवस २०८२ को अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै आईजीपी खापुङले जेन–जी आन्दोलनपछि उत्पन्न सुरक्षा चुनौतीहरूलाई दृढतापूर्वक सामना गर्न प्रहरी बललाई आह्वान गरे।
उनले भने, “भदौ २३ र २४ गते भएका अप्रिय घटनापछि उत्पन्न कठिन परिस्थितिमा सुरक्षा चुनौतीको डटेर सामना गर्दै नागरिक सुरक्षाको गहन जिम्मेवारी पूरा गर्नुको विकल्प हामीसँग छैन। कुनै घटनाक्रमबाट हतोत्साहित नभई देश र नागरिकप्रतिको उत्तरदायित्व पूरा गर्न तथा तमाम अभाव र कठिनाइका बाबजुद नेपाल प्रहरीको उपस्थिति सशक्त बनाउन सबै प्रहरी कर्मचारीलाई निर्देशित गर्दछु।”
प्रहरी ऐन २०१२ जारी भएपछि नेपाल प्रहरीको विधिवत् स्थापना भएको स्मरण गर्दै उनले प्रहरी दिवसको ७०औँ वार्षिकोत्सवका अवसरमा वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे।
जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका प्रहरीका संरचनाहरू पुनर्निर्माणमा जनसहभागिताप्रति कृतज्ञता व्यक्त गर्दै उनले भने, “सो घटनाक्रमपछि क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणमा आम नागरिकले देखाएको सहयोग र सहअस्तित्वका लागि म हार्दिक आभार व्यक्त गर्दछु।”
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा