सुरक्षा चुनौती सामना गर्दै नागरिक सुरक्षाको जिम्मेवारी पूरा गर्नुको विकल्प छैन : प्रहरी महानिरीक्षक खापुङ

काठमाडौँ, असोज ३१ गते। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङले हालको चुनौतीपूर्ण परिस्थितिमा पनि नागरिक सुरक्षाको जिम्मेवारी पूरा गर्नु नेपाल प्रहरीका सबै सदस्यको पहिलो कर्तव्य भएको बताएका छन्।

७०औँ प्रहरी दिवस २०८२ को अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै आईजीपी खापुङले जेन–जी आन्दोलनपछि उत्पन्न सुरक्षा चुनौतीहरूलाई दृढतापूर्वक सामना गर्न प्रहरी बललाई आह्वान गरे।

उनले भने, “भदौ २३ र २४ गते भएका अप्रिय घटनापछि उत्पन्न कठिन परिस्थितिमा सुरक्षा चुनौतीको डटेर सामना गर्दै नागरिक सुरक्षाको गहन जिम्मेवारी पूरा गर्नुको विकल्प हामीसँग छैन। कुनै घटनाक्रमबाट हतोत्साहित नभई देश र नागरिकप्रतिको उत्तरदायित्व पूरा गर्न तथा तमाम अभाव र कठिनाइका बाबजुद नेपाल प्रहरीको उपस्थिति सशक्त बनाउन सबै प्रहरी कर्मचारीलाई निर्देशित गर्दछु।”

प्रहरी ऐन २०१२ जारी भएपछि नेपाल प्रहरीको विधिवत् स्थापना भएको स्मरण गर्दै उनले प्रहरी दिवसको ७०औँ वार्षिकोत्सवका अवसरमा वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे।

जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका प्रहरीका संरचनाहरू पुनर्निर्माणमा जनसहभागिताप्रति कृतज्ञता व्यक्त गर्दै उनले भने, “सो घटनाक्रमपछि क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणमा आम नागरिकले देखाएको सहयोग र सहअस्तित्वका लागि म हार्दिक आभार व्यक्त गर्दछु।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न