काठमाडौँ, असोज १२ गते । भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका कारण क्षतिग्रस्त भएका भौतिक संरचनाबापत हालसम्म करिब रु २३ अर्ब ३९ करोड २७ लाख बराबरको बिमा दाबी दर्ता भएको छ।
नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सम्बन्धी सूचना अझै आउने क्रम जारी छ। हालसम्म सम्पत्ति बिमा ५९४, मोटर बिमा २,२०९, इञ्जिनियरिङ तथा ठेक्का जोखिम बिमा १४४, परिवहन बिमा ११ र अन्य बिमा ३० गरी जम्मा २,९८८ वटा दाबी आवेदन दर्ता भएका छन्।
प्रदेशगत विवरणअनुसार सबैभन्दा धेरै बिमा दाबी बागमती प्रदेशबाट परेको छ, जहाँ १,६०८ आवेदन दर्ता भएका छन्। कोशीमा ३७७, मधेशमा ३२३, गण्डकीमा २१९, लुम्बिनीमा २५४, कर्णालीमा २५ र सुदूरपश्चिममा १८२ वटा दाबी दर्ता भएको प्राधिकरणले जनाएको छ।
बिमा कम्पनीगत विवरणअनुसार, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा सबैभन्दा बढी रु ५ अर्ब ४५ करोड ९३ लाख बराबरको दाबी परेको छ। त्यसपछि दि ओरियन्टल इन्स्योरेन्समा रु ५ अर्ब २३ करोड २४ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा रु २ अर्ब ७९ करोड ६६ लाख, शिखर इन्स्योरेन्समा रु २ अर्ब ३९ करोड १३ लाख र सगरमाथा–लुम्बिनी इन्स्योरेन्समा रु १ अर्ब ५७ करोड ५९ लाख बराबरको दाबी दर्ता भएको छ।
हालसम्म मुलुकभर १४ निर्जीवन बिमा कम्पनी र चार माइक्रो इन्स्योरेन्स कम्पनीमा दाबी दर्ता भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले भौतिक क्षति ठूलो भएकाले बिमा दाबीको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरेको छ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा