
काठमाडौँ, असोज ६ ।
हिन्दूहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिनसम्म धूमधामका साथ मनाइन्छ।
पर्वको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक घटस्थापना गरिँदैछ। बिहानै नित्यकर्म सम्पन्न गरी नदी वा चोखो स्थानबाट ल्याइएको माटो पूजा कोठा वा दसैँ घरमा राखी त्यसमा यव (जौ) रोपिन्छ, जसलाई जमरा राख्ने भनिन्छ। दुर्गा देवीलाई प्रिय मानिने जमरा विजयादशमीको दिन टीका–प्रसादसँगै ग्रहण गरिन्छ।
धर्मशास्त्रविद्हरूका अनुसार जमरामा केवल जौ रोप्ने शास्त्रीय विधि भए पनि कतिपयले परम्पराअनुसार अन्य अन्न पनि रोप्ने गरेका छन्। घटस्थापनाको साइत आज बिहान ९:१३ बजे तोकिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
नवरात्रका नौ दिनमा दुर्गा देवीका नौ रूप—शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ। दुर्गा देवीलाई महाकाली, महालक्ष्मी र महासरस्वतीको प्रतीकका रूपमा शक्ति, समृद्धि र ज्ञानका लागि आह्वान गरिन्छ।
यसै अवसरमा देशभरका शक्तिपीठ—गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती लगायतमा विशेष पूजा–आराधना तथा दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ।
यस वर्ष विजया दशमी असोज १६ गते पर्ने समितिले जनाएको छ। देवी विसर्जनको साइत बिहान ९:२३ बजे र टीकाप्रसाद ग्रहणको उत्तम साइत ११:५३ बजे तोकिएको छ। विजया दशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद ग्रहण गर्ने तथा महालक्ष्मीको पूजा गरी धन–धान्य प्राप्तिको कामना गर्ने परम्परा रहिआएको छ।
परम्पराअनुसार काठमाडौंको हनुमानढोका दरबारस्थित दसैँ घरमा आजैदेखि घटस्थापना गरिएको छ। यहाँ नवरात्रभर विशेष पूजा गरिने र महानवमीका दिन ५४ बोका तथा ५४ राँगाको बलि दिने परम्परा छ।
दसैँलाई परिवारको पुनर्मिलनको पर्वका रूपमा पनि लिइन्छ। रोजगारी, अध्ययन वा अन्य कारणले घर बाहिर रहेका मानिस यस अवसरमा घर फर्केर परिवारसँगै पर्व मनाउने गर्छन्।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल