एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि ललितपुरमा सम्पन्न हुँदै

काठमाडौँ, भदौ १८ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित हुने भएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २० गते बिहान ११ बजे विशेष समारोहमार्फत महाधिवेशनको औपचारिक उद्घाटन गर्नुहुने योजना रहेको छ।

महाधिवेशनमा पार्टीका करिब २०२६ प्रतिनिधि र आयोजक समितिका ३१५ सदस्य गरी जम्मा २३४१ जना सहभागी हुने बताइएको छ। पार्टीको केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार, ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नाराका साथ महाधिवेशन भव्य र सभ्य वातावरणमा सम्पन्न गरिने तयारी पूरा भइसकेको छ।

विधान संशोधनसम्बन्धी प्रस्तावअनुसार, ७० वर्षे उमेरहद हटाउने, जिल्ला कमिटीलाई कार्यकारी बनाउने व्यवस्था गरिनेछ। साथै, २५१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिनेछ, जसमा एक तिहाइ पोलिटब्यूरो र १५ सदस्यीय स्थायी कमिटी रहने छ। स्थायी कमिटीमा कम्तीमा एक जनालाई महिला सदस्य बनाउनुपर्ने प्रावधान प्रस्ताव गरिएको छ।

महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ भने उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन्। महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। त्यस्तै, केन्द्रीय अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषदका अध्यक्षहरूले आफ्ना प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरिएको छ।

सङ्गठनात्मक प्रतिवेदनमार्फत पार्टी निर्माणका चुनौतीहरू, समाधानका उपायहरू र राष्ट्रिय शक्ति निर्माणको मार्गचित्र प्रस्तुत गरिनेछ। राजनीतिक प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति विश्लेषण गर्दै पार्टीको आगामी कार्यदिशा र समाजवाद स्थापनाको रोडम्यापसमेत समावेश गरिने छ।

महाधिवेशनलाई सफल बनाउन आठ उपसमितिहरू गठन गरी स्वागत, आवास, स्वास्थ्य, प्रचार-प्रसार, मञ्च सजावट, सांस्कृतिक कार्यक्रम, यातायात र सुरक्षासम्बन्धी सबै तयारीहरू पूरा गरिएका छन्।

एमालेले यस ऐतिहासिक महाधिवेशनलाई सफल बनाउन पत्रकार तथा सञ्चारकर्मीहरूको रचनात्मक सहयोग आवश्यक रहेको उल्लेख गर्दै तथ्यगत सूचनाको सङ्कलन र सम्प्रेषणमा सहकार्य गर्न अनुरोध पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री