लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि, मित्रराष्ट्रहरूले चित्त दुखाउनुपर्ने कारण छैन : गृहमन्त्री लेखक

वीरगञ्ज (पर्सा), भदौ १६ गते।
गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसबारे मित्रराष्ट्रहरूले असन्तुष्टि व्यक्त गर्नुपर्ने कुनै कारण नरहेको स्पष्ट पार्नुभएको छ।

गृहमन्त्री लेखकले भारत र चीनले लिपुलेकलाई द्विपक्षीय व्यापारिक नाका बनाउने गरी गरेको समझदारीलाई लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको आपत्ति उचित भएको बताउनुभयो।

“लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि हो। हाम्रो भूमि हाम्रो हो भनेर भनिँदा कसैसँग सम्बन्ध बिग्रिनु पर्दैन,” उहाँले भन्नुभयो, “यसमा भारत र चीनले पनि चित्त दुखाउनुपर्ने अवस्था छैन। उक्त भूमि हाम्रो हो भन्नेमा हामी स्पष्ट छौं।”

प्रधानमन्त्री ओली चीन भ्रमणमा रहँदा नेपालको भूमिसम्बन्धी समझदारीमा आपत्ति जनाउनु यथोचित भएको गृहमन्त्री लेखकले औंल्याउनुभयो। साथै, नेपालको भूमि कुनै पनि राष्ट्रविरुद्ध प्रयोग हुन नदिने कुरा पनि उहाँले दोहोर्याउनुभयो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा