गण्डकी सरकारले खारेज गर्‍यो ९ निकाय, १५ कार्यालय गाभिँदै


मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती गर्नुपर्छ

पोखरा, साउन २६ — गण्डकी प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद बैठकले ७ निर्देशनालयसहित ९ निकाय खारेज गर्ने र ३२ कार्यालयलाई गाभेर १७ मा झार्ने निर्णय गरेको छ। यस निर्णयबाट करिब ५० करोड रुपैयाँ बचत हुने अपेक्षा गरिएको छ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका अनुसार, खारेज गरिएका निर्देशनालयहरूमा पर्यटन उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण, कृषि विकास, पशुपन्छी तथा मत्स्य विकास, पूर्वाधार विकास, वन, शिक्षा विकास, प्रादेशिक स्वास्थ्य निर्देशनालय, साथै प्रादेशिक स्वास्थ्य तालिम केन्द्र र स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र समावेश छन्। यी निर्देशनालयका जिम्मेवारी अब सम्बन्धित मन्त्रालयमार्फत नै पूरा गरिनेछ।

जिल्ला तहमा, पर्यटन तथा उद्योग कार्यालयहरूलाई गाभी एक कार्यालयमार्फत दुई जिल्लाको सेवा दिने व्यवस्था गरिएको छ। कृषि मन्त्रालय अन्तर्गत बाली संरक्षण, माटो तथा मल परीक्षण, र बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रलाई एकीकृत प्रयोगशालामा परिणत गरिएको छ। सामाजिक विकास मन्त्रालयका कार्यालयहरू पनि यसैगरी गाभिएका छन्।

यसका साथै, व्यावसायिक तथा सीप विकास तालिम केन्द्रहरू गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानमा, प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्रलाई प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा, र भूमिगत जलस्रोत तथा सिँचाइ कार्यालयलाई जलस्रोत तथा सिँचाइ विकास डिभिजनमा गाभ्ने निर्णय गरिएको छ।

मुख्यमन्त्री पाण्डेले खारेजी र गाभ्ने निर्णयले सेवा प्रवाहमा असर नपर्ने दाबी गर्दै संघीय सरकार मातहतका कर्मचारीलाई फिर्ता पठाउने, करार कर्मचारीको म्याद नथप्ने र प्रदेश सरकार मातहतका कर्मचारीलाई आवश्यक स्थानमा सरुवा गर्ने जानकारी दिए।

यो संरचना पुनरावलोकनका लागि संघीय सरकारका पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा समिति गठन गरिएको थियो, जसको प्रतिवेदनका आधारमा निर्णय गरिएको हो।

गण्डकी योजना आयोगका पूर्वउपाध्यक्ष डा. गिरीधारी शर्मा पौडेलले निर्देशनालय खारेज गर्ने निर्णयलाई उचित भने पनि कतिपय कार्यालय—विशेषगरी पर्यटन तथा उद्योग, र पूर्वाधार विकास कार्यालय—जिल्ला तहमा आवश्यक रहेको बताए। उनले खर्च कटौतीका लागि मन्त्री र सांसदका सुविधा, बैठकभत्ता, गाडी मर्मत र इन्धन खर्चमा पनि कमी गर्नुपर्ने सुझाव दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग