झापामा दुई वर्षमा १७० जनाले नेपाली नागरिकता परित्याग गरे

बिर्तामोड, साउन ११ गते। झापामा पछिल्लो दुई आर्थिक वर्षमा कुल १७० जनाले नेपाली नागरिकता परित्याग गरेका छन्। जिल्ला प्रशासन कार्यालय, झापाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १०८ जना र २०८१/८२ मा ६२ जना नेपालीले नागरिकता परित्याग गरेका हुन्।

उनीहरूले गैरआवासीय नेपाली (एनआरएन) नागरिकता प्राप्त गर्नका लागि नेपाली नागरिकता त्यागेको कार्यालयले जनाएको छ। अन्तर्राष्ट्रिय कानुनी प्रावधानअनुसार गैरआवासीय नागरिकता प्राप्त गर्न पहिला आ–आफ्नो मातृदेशको नागरिकता त्याग गर्नुपर्ने व्यवस्था छ।

यसै अवधिमा, जिल्ला प्रशासन कार्यालय झापाले वंशजका आधारमा २२,०४० र वैवाहिक अङ्गीकृतमार्फत ६७५ गरी कुल २२,७१५ नयाँ नागरिकता प्रमाणपत्र वितरण गरेको छ। कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँका अनुसार सोही अवधिमा २२,४५५ जनाले नागरिकताको प्रतिलिपि लिएका छन्।

त्यसैगरी, कार्यालयले २२,४३२ वटा राहदानी, ७८९ वटा नाबालक परिचयपत्र तथा १ लाख ७ हजार ७२ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरेको छ। हालसम्म जिल्लामा ३ लाख ५५ हजार ५ वटा राष्ट्रिय परिचयपत्र वितरण भइसकेको कार्यालयले जानकारी दिएको छ।

संस्थागत कार्यसम्पादनको सन्दर्भमा, १ वर्षको अवधिमा ७८ वटा संस्था दर्ता, ७२१ संस्था नवीकरण, ५२९ जात प्रमाणित तथा अन्य प्रशासनिक सेवा दिइएको छ। यसै अवधिमा कार्यालयले १९ जना प्रकोप पीडित (जसमध्ये ५ जना मृतक) लाई १ करोड १९ लाख ९० हजार रुपैयाँ राहत वितरण गरेको छ भने १०९ वटा हतियार नवीकरण गरिएको छ।

कार्यालयद्वारा अभद्र व्यवहारसम्बन्धी २७ वटा, सवारी ज्यान क्षतिपूर्तिसम्बन्धी १८ वटा र झुटा अफवाहसम्बन्धी १ वटा मुद्दा फर्स्यौट गरिएको छ। प्रशासन कार्यालयले २०८१/८२ को अवधिमा कुल ११ करोड २१ लाख २८ हजार २२६ रुपैयाँ राजस्व संकलन गरेको पनि जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

रास्वपाको केन्द्रीय समिति विस्तारप्रति असन्तुष्टि, बालेनको कोटाबाट आएका नामबारे आन्तरिक आलोचना

काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य