झापामा दुई वर्षमा १७० जनाले नेपाली नागरिकता परित्याग गरे

बिर्तामोड, साउन ११ गते। झापामा पछिल्लो दुई आर्थिक वर्षमा कुल १७० जनाले नेपाली नागरिकता परित्याग गरेका छन्। जिल्ला प्रशासन कार्यालय, झापाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १०८ जना र २०८१/८२ मा ६२ जना नेपालीले नागरिकता परित्याग गरेका हुन्।

उनीहरूले गैरआवासीय नेपाली (एनआरएन) नागरिकता प्राप्त गर्नका लागि नेपाली नागरिकता त्यागेको कार्यालयले जनाएको छ। अन्तर्राष्ट्रिय कानुनी प्रावधानअनुसार गैरआवासीय नागरिकता प्राप्त गर्न पहिला आ–आफ्नो मातृदेशको नागरिकता त्याग गर्नुपर्ने व्यवस्था छ।

यसै अवधिमा, जिल्ला प्रशासन कार्यालय झापाले वंशजका आधारमा २२,०४० र वैवाहिक अङ्गीकृतमार्फत ६७५ गरी कुल २२,७१५ नयाँ नागरिकता प्रमाणपत्र वितरण गरेको छ। कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँका अनुसार सोही अवधिमा २२,४५५ जनाले नागरिकताको प्रतिलिपि लिएका छन्।

त्यसैगरी, कार्यालयले २२,४३२ वटा राहदानी, ७८९ वटा नाबालक परिचयपत्र तथा १ लाख ७ हजार ७२ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरेको छ। हालसम्म जिल्लामा ३ लाख ५५ हजार ५ वटा राष्ट्रिय परिचयपत्र वितरण भइसकेको कार्यालयले जानकारी दिएको छ।

संस्थागत कार्यसम्पादनको सन्दर्भमा, १ वर्षको अवधिमा ७८ वटा संस्था दर्ता, ७२१ संस्था नवीकरण, ५२९ जात प्रमाणित तथा अन्य प्रशासनिक सेवा दिइएको छ। यसै अवधिमा कार्यालयले १९ जना प्रकोप पीडित (जसमध्ये ५ जना मृतक) लाई १ करोड १९ लाख ९० हजार रुपैयाँ राहत वितरण गरेको छ भने १०९ वटा हतियार नवीकरण गरिएको छ।

कार्यालयद्वारा अभद्र व्यवहारसम्बन्धी २७ वटा, सवारी ज्यान क्षतिपूर्तिसम्बन्धी १८ वटा र झुटा अफवाहसम्बन्धी १ वटा मुद्दा फर्स्यौट गरिएको छ। प्रशासन कार्यालयले २०८१/८२ को अवधिमा कुल ११ करोड २१ लाख २८ हजार २२६ रुपैयाँ राजस्व संकलन गरेको पनि जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न