
सावन ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज (आइतबार) दिउँसो देशका विभिन्न स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेश तथा पहाडी भूभागका केही स्थानहरूमा अत्यधिक वर्षा हुन सक्ने विभागको अनुमान छ।
यसै सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत सन्देश दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्, “मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। मौसमजन्य विपदबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौं। अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु।” प्रधानमन्त्रीले सुरक्षाकर्मीहरूलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
विभागले नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने र बाढीपहिरोको जोखिम रहन सक्ने भएकाले उच्च सतर्कता आवश्यक रहेको जनाएको छ।
जनजीवनमा असर नपरोस् भन्ने उद्देश्यले स्थानीय प्रशासन र सरोकारवाला निकायहरूलाई पूर्वतयारीमा जुट्न आग्रह गरिएको छ।
साउन ३, काठमाडौँ। बाढी पूर्वानुमान महाशाखाले आइतबार काठमाडौँ उपत्यकासहित देशका ३५ जिल्लाका साना नदी तथा
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, ३१ असार २०८३। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतले
काठमाडौं, असार ३० । सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय बदर गरेको
राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका राइड सेयरिङ चालक गणेश