
२२ असार २०८२, आइतबार – दार्चुला
नेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता अब हट्ने भएको छ। नयाँ पैदलमार्ग निर्माण अन्तिम चरणमा पुगेसँगै स्थानीयवासीहरूमा खुसीको लहर छाएको छ।
दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ अन्तर्गत छाङरु तथा टिङ्कर क्षेत्र पुग्ने आफ्नै मार्ग नहुँदा करिब दुई सय घरधुरीका बासिन्दा दैनिक यात्रामा भारतीय भूमि प्रयोग गर्न बाध्य थिए। तर हाल व्यास–२, दुम्लिङदेखि व्यास–१, छाङरुसम्मको ३१ किलोमिटर लम्बाइको नयाँ घोडेटो बाटो निर्माण तीव्र गतिमा अगाडि बढेको व्यास–१ का वडाध्यक्ष अशोकसिंह बोहराले जानकारी दिनुभयो।
निर्माण कम्पनी मिसन–देवहरि जेभीका प्रतिनिधि केशवबहादुर पालका अनुसार, “जेठदेखि सुरु गरिएको निर्माण कार्य हालसम्म ९० प्रतिशत सम्पन्न भइसकेको छ। असार महिनाभित्रै सम्पूर्ण निर्माण सक्ने लक्ष्य राखिएको छ।”
पाँच वटा समूहमा विभाजन गरी १३० जना मजदुरमार्फत अप्ठ्यारो भौगोलिक क्षेत्रमा काम भइरहेको छ। विशेष गरी माल्पा भिर, अपिखोला, घाटीबगड, थी, तम्बाकु र घोप्टेल क्षेत्रमा काम सकिएको छ भने दोपखेभन्दा तलका स्थानहरूमा निर्माण जारी रहेको पालले बताउनुभयो।
महाकाली नदी पार गर्नुपर्ने ठाउँमा श्रमिकहरूले डोरीको सहायताले जोखिम मोलेर कार्य गरिरहेका छन्। जनक धामी नामक श्रमिकले माल्पा भिर क्षेत्रको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।
पैदलमार्ग निर्माणका लागि संघीय सरकारले व्यास गाउँपालिकालाई पाँच करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। कानुनी प्रक्रिया पूरा गरेर हाल सोही बजेटबाट निर्माण कार्य ठेक्का मार्फत अघि बढाइएको हो।
व्यास गाउँपालिका र निर्माण कम्पनीबीच पाँच करोड छ लाख नौ हजार ९९४ रुपैयाँको सम्झौता भएको छ। जोखिमपूर्ण भौगोलिक अवस्थाका बाबजुद निर्माण कार्य उत्साहजनक ढंगमा अघि बढिरहेको छ।
स्थानीयवासीहरू अब आफ्नै भूमिमा रहेको बाटो प्रयोग गरेर सदरमुकामसम्म पुग्न सकिने आशामा छन्।
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य