हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुला
नेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता अब हट्ने भएको छ। नयाँ पैदलमार्ग निर्माण अन्तिम चरणमा पुगेसँगै स्थानीयवासीहरूमा खुसीको लहर छाएको छ।

दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ अन्तर्गत छाङरु तथा टिङ्कर क्षेत्र पुग्ने आफ्नै मार्ग नहुँदा करिब दुई सय घरधुरीका बासिन्दा दैनिक यात्रामा भारतीय भूमि प्रयोग गर्न बाध्य थिए। तर हाल व्यास–२, दुम्लिङदेखि व्यास–१, छाङरुसम्मको ३१ किलोमिटर लम्बाइको नयाँ घोडेटो बाटो निर्माण तीव्र गतिमा अगाडि बढेको व्यास–१ का वडाध्यक्ष अशोकसिंह बोहराले जानकारी दिनुभयो।

निर्माण कम्पनी मिसन–देवहरि जेभीका प्रतिनिधि केशवबहादुर पालका अनुसार, “जेठदेखि सुरु गरिएको निर्माण कार्य हालसम्म ९० प्रतिशत सम्पन्न भइसकेको छ। असार महिनाभित्रै सम्पूर्ण निर्माण सक्ने लक्ष्य राखिएको छ।”

पाँच वटा समूहमा विभाजन गरी १३० जना मजदुरमार्फत अप्ठ्यारो भौगोलिक क्षेत्रमा काम भइरहेको छ। विशेष गरी माल्पा भिर, अपिखोला, घाटीबगड, थी, तम्बाकु र घोप्टेल क्षेत्रमा काम सकिएको छ भने दोपखेभन्दा तलका स्थानहरूमा निर्माण जारी रहेको पालले बताउनुभयो।

महाकाली नदी पार गर्नुपर्ने ठाउँमा श्रमिकहरूले डोरीको सहायताले जोखिम मोलेर कार्य गरिरहेका छन्। जनक धामी नामक श्रमिकले माल्पा भिर क्षेत्रको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।

पैदलमार्ग निर्माणका लागि संघीय सरकारले व्यास गाउँपालिकालाई पाँच करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। कानुनी प्रक्रिया पूरा गरेर हाल सोही बजेटबाट निर्माण कार्य ठेक्का मार्फत अघि बढाइएको हो।

व्यास गाउँपालिका र निर्माण कम्पनीबीच पाँच करोड छ लाख नौ हजार ९९४ रुपैयाँको सम्झौता भएको छ। जोखिमपूर्ण भौगोलिक अवस्थाका बाबजुद निर्माण कार्य उत्साहजनक ढंगमा अघि बढिरहेको छ।

स्थानीयवासीहरू अब आफ्नै भूमिमा रहेको बाटो प्रयोग गरेर सदरमुकामसम्म पुग्न सकिने आशामा छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न