असार १७, काठमाडौं ।
नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आम नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ। पछिल्लोपटक नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालको फेसबुक ह्याक भई पत्रकारहरूलाई ठगी गर्ने प्रयास भएपछि प्रहरीले यस्तो आग्रह गरेको हो।
सोमबार दिउँसो पत्रकारहरूको फेसबुक म्यासेन्जरमा अध्यक्ष लम्सालको नामबाट एकरूप सन्देशहरू पठाइएका थिए, जसमा विभिन्न समस्या देखाउँदै आर्थिक सहयोगका लागि रकम र ‘वान टाइम पासवर्ड (ओटीपी)’ माग गरिएको थियो। कतिपयले रकम वा ओटीपी उपलब्ध गराए भने केहीले फोनमार्फत सहयोग गर्ने प्रयाससमेत गरे।
तर अध्यक्ष लम्साल स्वयं यसबारे अनभिज्ञ थिए। जब उहाँले फेसबुक खाता खोल्न खोज्नुभयो, त्यो पहिले नै ह्याकरको नियन्त्रणमा परिसकेको थियो। तुरुन्तै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिइएपछि ब्युरोले खाताको ह्याक पुष्टि गर्दै सो खाता बन्द गराएको थियो। साथै, ह्याकरले डिजिटल कारोबार दुरुपयोग गर्न नपाउन् भनेर लम्सालको बैंक खाता र अन्य डिजिटल सेवाहरूमा रोक लगाइएको थियो।
साइबर ब्युरोका प्रवक्ता एसएसपी दीपक अवस्थीका अनुसार, यस आर्थिक वर्षमा मात्र अनलाइन ठगीका करिब ८ हजार उजुरी दर्ता भएका छन्, जसमा एक अर्ब रुपैयाँभन्दा बढीको ठगी भएको छ। उहाँका अनुसार अनलाइन चिट्ठा, अनलाइन सपिङ, ई-बैंकिङ, भाइरस र मालवेयरयुक्त लिङ्क तथा नक्कली एपमार्फत ठगी हुने क्रम तीव्र छ। यस्ता प्रविधिको प्रयोग गरी विश्वका जुनसुकै स्थानबाट ठगी हुने भएकाले नियन्त्रण चुनौतीपूर्ण हुने प्रवक्ता अवस्थीले बताउनुभयो।
प्रहरीका अनुसार, हाल सामाजिक सञ्जालहरू (फेसबुक, भाइबर, ह्वाट्सएप, म्यासेन्जर) प्रयोग गरी नगद रकम ठगी गर्नुका साथै नग्न तस्बिरका माध्यमबाट ब्ल्याकमेल गर्ने घटनाहरू समेत बढिरहेका छन्। यसरी चिकित्सक, प्राध्यापक, विद्यार्थी र पत्रकारसम्म ठगीमा पर्ने गरेका छन्।
साइबर ब्युरोले अपरिचित व्यक्तिसँग सामाजिक सञ्जालमा सम्पर्क नगर्न, उनीहरूबाट आएका सन्देशहरूको सत्यता प्रमाणित नगरी कुनै विवरण वा आर्थिक कारोबार नगर्न आग्रह गरेको छ। प्रहरीका अनुसार यस्ता ठगीविरुद्ध जनचेतना फैलाउने अभियान पनि सञ्चालन गरिँदैछ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न