पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।
नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आम नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ। पछिल्लोपटक नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालको फेसबुक ह्याक भई पत्रकारहरूलाई ठगी गर्ने प्रयास भएपछि प्रहरीले यस्तो आग्रह गरेको हो।

सोमबार दिउँसो पत्रकारहरूको फेसबुक म्यासेन्जरमा अध्यक्ष लम्सालको नामबाट एकरूप सन्देशहरू पठाइएका थिए, जसमा विभिन्न समस्या देखाउँदै आर्थिक सहयोगका लागि रकम र ‘वान टाइम पासवर्ड (ओटीपी)’ माग गरिएको थियो। कतिपयले रकम वा ओटीपी उपलब्ध गराए भने केहीले फोनमार्फत सहयोग गर्ने प्रयाससमेत गरे।

तर अध्यक्ष लम्साल स्वयं यसबारे अनभिज्ञ थिए। जब उहाँले फेसबुक खाता खोल्न खोज्नुभयो, त्यो पहिले नै ह्याकरको नियन्त्रणमा परिसकेको थियो। तुरुन्तै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिइएपछि ब्युरोले खाताको ह्याक पुष्टि गर्दै सो खाता बन्द गराएको थियो। साथै, ह्याकरले डिजिटल कारोबार दुरुपयोग गर्न नपाउन् भनेर लम्सालको बैंक खाता र अन्य डिजिटल सेवाहरूमा रोक लगाइएको थियो।

साइबर ब्युरोका प्रवक्ता एसएसपी दीपक अवस्थीका अनुसार, यस आर्थिक वर्षमा मात्र अनलाइन ठगीका करिब ८ हजार उजुरी दर्ता भएका छन्, जसमा एक अर्ब रुपैयाँभन्दा बढीको ठगी भएको छ। उहाँका अनुसार अनलाइन चिट्ठा, अनलाइन सपिङ, ई-बैंकिङ, भाइरस र मालवेयरयुक्त लिङ्क तथा नक्कली एपमार्फत ठगी हुने क्रम तीव्र छ। यस्ता प्रविधिको प्रयोग गरी विश्वका जुनसुकै स्थानबाट ठगी हुने भएकाले नियन्त्रण चुनौतीपूर्ण हुने प्रवक्ता अवस्थीले बताउनुभयो।

प्रहरीका अनुसार, हाल सामाजिक सञ्जालहरू (फेसबुक, भाइबर, ह्वाट्सएप, म्यासेन्जर) प्रयोग गरी नगद रकम ठगी गर्नुका साथै नग्न तस्बिरका माध्यमबाट ब्ल्याकमेल गर्ने घटनाहरू समेत बढिरहेका छन्। यसरी चिकित्सक, प्राध्यापक, विद्यार्थी र पत्रकारसम्म ठगीमा पर्ने गरेका छन्।

साइबर ब्युरोले अपरिचित व्यक्तिसँग सामाजिक सञ्जालमा सम्पर्क नगर्न, उनीहरूबाट आएका सन्देशहरूको सत्यता प्रमाणित नगरी कुनै विवरण वा आर्थिक कारोबार नगर्न आग्रह गरेको छ। प्रहरीका अनुसार यस्ता ठगीविरुद्ध जनचेतना फैलाउने अभियान पनि सञ्चालन गरिँदैछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

आज दिउँसो देशभर धेरै भारी वर्षाको सम्भावना, प्रधानमन्त्रीद्वारा सतर्क रहन आग्रह

सावन ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज (आइतबार) दिउँसो देशका विभिन्न स्थानहरूमा

प्रधानमन्त्री ओलीको भनाइ : ‘विद्या भण्डारीलाई एमालेमा ल्याउने विषयमा पार्टीले निर्णय गर्छ’

साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई

प्रधानमन्त्रीको आग्रह: समयमा विवाह गरी सन्तान उत्पादनमा ध्यान दिनु उत्तम

काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा