तीनकुने घटना पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा भएकोले ज्ञानेन्द्रले उन्मुक्ति पाउँदैनन्: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभापछि भएको सहमति र संविधानको उल्लंघन गरेको आरोप लगाएका छन्। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा आइतबार सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन्।

उनले कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारको तर्फबाट संवाद व्यवस्थापन गरेको स्मरण गराउँदै भने, ‘आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन। पाउनु हुन्न। यसमा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि उन्मुक्ति पाउन हुन्न। फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले पछिल्ला समयमा व्यवस्थाविरुद्ध भएका सबै शृंखलाबद्ध घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन।’

तीनकुने घटना पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा भएको ओलीको दाबी छ। उनले तीनकुने घटनाबारे छानबिन भइरहेको जानकारी दिँदै दोषी देखिएकामाथि कानुनबमोजिम कारबाही हुने बताए। ओलीले काठमाडौँको तीनकुनको सभाको आयोजक को थिए र उद्देश्य के थियो भन्नेमा आशंका रहेको बताए। उनले भने, ‘घटनाको विस्तृत विवरण उपयुक्त समयमा गृहमन्त्रीले सदनमा जानकारी दिनु हुनेछ।’

ओलीले पूर्वराजाले फागुन ६ गते दिएको अभिव्यक्ति दिएर समाज भड्काएको आरोप लगाए। उनले पूर्वराजाले समाज बिथोल्न सक्रिय एक अबान्छित व्यक्ति दुर्गा प्रसाईलाई आफ्नै निवासमा डाकेर जनकमान्डर तोकेको आरोप ओलीले लगाए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

रास्वपाको केन्द्रीय समिति विस्तारप्रति असन्तुष्टि, बालेनको कोटाबाट आएका नामबारे आन्तरिक आलोचना

काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य