तीनकुने घटना पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा भएकोले ज्ञानेन्द्रले उन्मुक्ति पाउँदैनन्: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभापछि भएको सहमति र संविधानको उल्लंघन गरेको आरोप लगाएका छन्। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा आइतबार सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन्।

उनले कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारको तर्फबाट संवाद व्यवस्थापन गरेको स्मरण गराउँदै भने, ‘आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन। पाउनु हुन्न। यसमा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि उन्मुक्ति पाउन हुन्न। फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले पछिल्ला समयमा व्यवस्थाविरुद्ध भएका सबै शृंखलाबद्ध घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन।’

तीनकुने घटना पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा भएको ओलीको दाबी छ। उनले तीनकुने घटनाबारे छानबिन भइरहेको जानकारी दिँदै दोषी देखिएकामाथि कानुनबमोजिम कारबाही हुने बताए। ओलीले काठमाडौँको तीनकुनको सभाको आयोजक को थिए र उद्देश्य के थियो भन्नेमा आशंका रहेको बताए। उनले भने, ‘घटनाको विस्तृत विवरण उपयुक्त समयमा गृहमन्त्रीले सदनमा जानकारी दिनु हुनेछ।’

ओलीले पूर्वराजाले फागुन ६ गते दिएको अभिव्यक्ति दिएर समाज भड्काएको आरोप लगाए। उनले पूर्वराजाले समाज बिथोल्न सक्रिय एक अबान्छित व्यक्ति दुर्गा प्रसाईलाई आफ्नै निवासमा डाकेर जनकमान्डर तोकेको आरोप ओलीले लगाए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल