भारतीय अन्तरिक्ष मिशन स्स्पाडेक्स उपग्रहको सफलतापूर्वक ‘अनडकिङ’ पूरा

नयाँ दिल्ली, चैत १ गते । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिशनअन्तर्गत दुईवटा उपग्रहहरूको ‘अनडकिङ’ पूरा गरेको जनाएको छ । स्पेस डकिङ भनेको दुई अन्तरिक्षयान अन्तरिक्षमा एकसाथ जोडिनु हो । डकिङ स्वचालित वा कम्प्युटरद्वारा नियन्त्रित हुन सक्छ ।

इसरोले स्थानीय समय अनुसार बिहान ९ः२० बजे पहिलो प्रयासमा स्पाडेक्स उपग्रहहरू अनडक गर्ने महत्त्वपूर्ण कार्य पूरा गर्यो ।

अन्तरिक्ष एजेन्सीले उपग्रहहरूको अनडकिङ ४५ डिग्रीको झुकावमा ४६० किलोमिटरको गोलाकार कक्षमा भएको एक विज्ञप्तिमा उल्लेख गरेको छ । साथै, एजेन्सीले उपग्रहहरू अहिले स्वतन्त्र रूपमा परिक्रमा गरिरहेको र उनीहरूको अवस्था सामान्य रहेको जनाएको छ । स्प्याडेक्स जनवरी १६, सन् २०२५ मा डक गरिएका थिए ।

एक वरिष्ठ अधिकारीका अनुसार पछिल्लो अन्तरिक्ष विकासले भारतीय अन्तरिक्ष स्टेशन, चन्द्रमा अभियान र आकाश यान लगायत भविष्यका अभियानहरूको सहज सञ्चालनको लागि मार्ग प्रशस्त गर्नेछ ।

इसरोले डिसेम्बर ३०, सन् २०२४ मा दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा अवस्थित बङ्गालको खाडीको तटमा रहेको श्रीहरिकोटाको प्रक्षेपण प्याडबाट दुई उपग्रहहरू–एसडीएक्स०१ र एसडीएक्स०२ सहित ध्रुवीय उपग्रह प्रक्षेपण यान (पीउस्एलभी–सी६०) प्रयोग गरेर स्पाडेक्स मिसन प्रक्षेपण गरेको थियो ।

“डक गरिएका उपग्रहहरूको इन–अर्बिट कार्यसम्पादनको व्यापक विश्लेषण गरिएको थियो । सम्पूर्ण सञ्चालनलाई ग्राउन्ड स्टेशनहरू मार्फत निगरानी गरिएको,” इसरोले जनाएको छ ।

“अनडकिङको यो प्रमुख कोशेढुङ्गा हासिल गरेपछि, आगामी दिनहरूमा उपग्रहहरूसँग थप प्रयोगहरूको योजना बनाइएको छ,” एजेन्सीले विज्ञप्तिमा उल्लेख गरेको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा