पोखरा महानगरको ‘भ्रष्टाचार’ : सवा अर्बको लगानी, बालुवामा पानी !

काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित भएपछि ४४ करोड रुपैयाँ भन्दा बढि सम्पत्ति सार्वजनिक गरेर ‘धनवली’ मेयरको रुपमा समेत चर्चित बनेका उनै आचार्यका कारण पोखरा महानागर भित्र चरम अनियमितता र भ्रष्टाचारले मौलाएको छ ।

महालेखा परिक्षकले सार्वजनिक गरेको पछिल्लो आर्थिक प्रतिवेदन अनुसार मेयर आचार्यले महानगरमा चरम अनियमितता र भ्रष्टाचार गरेको भेटिएपनि कुनै कारबाही अघि बढेको छैन । महालेखाको प्रतिवेदन अनुसार पोखरा महानगरमा ३ अर्ब ५ करोड ५० लाख २९ हजार रुपैयाँ बेरुजु देखिएको छ । बेरुजु एक प्रकारको भ्रष्टाचार हो ।

महानगरको बजेट ९ अर्ब ६ करोड २३ लाख ६० हजार रहेकोमा २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ मेयर आचार्यले मनोमानी रुपमा रकमान्तर गरेको महालेखाले जनाएको छ । मेयर आचार्य यसअघिका मेयर मान बहादुर जिसी भन्दा पनि असफल देखिएका छन् । पूर्वमेयर जिसीले गत वर्ष २ अर्ब ५८ करोड ७६ लाख २९ हजार रुपैयाँ राजश्व असुली गर्न सफल भएका थिए । तर, धनराज आएपछि उनले १ अर्ब ९६ करोड ३छ लाख ६८ हजार राजश्व असुली गरेका छन् । यो भनेको विगतको वर्षभन्दा २५ प्रतिशतले कमि हो । महानगरका मेयर आचार्यले वितरणमूखि कार्यक्रमको जथाभावी रकम अपचलन गरेको आरोप छ ।

२ हजार ५ सय ३१ योजना मध्ये १ हजार ३ सय १९ योजनाहरु ५ लाख रुपैयाँ भन्दा कम बनाएर बिनियोजन गरिएको त्यसो गर्दा दिर्घकालिन फलदायी काम भन्दा पनि आफ्ना मान्छेलाई महानगरको अर्बौं रकम बाँडचुँड गरेको देखिन्छ । ठूला ३ सय भन्दा बढी योजना कार्यन्वयन समेत नगरिएको महालेखाको ठहर छ । महालेखा परिक्षकले यसरी अनियमितता हुनुमा महानगर प्रमुख धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृतलाई मुख्य जिम्मेवार रुपमा प्रस्तुत गरेको छ ।

महालेखाले उक्त कार्यालयको करिब ८ अर्ब १७ करोड ८३ लाख ३८ हजार ३ सय ७६ रुपैयाँको लेखा परिक्षण गर्दा विभिन्न अनियमितता र भ्रष्टाचार भएको देखिएको छ ।

महालेखाका अनुसार मेयर आचार्यले स्थानिय सरकार संचालन ऐन २०७४ को अफा ८३ विपरित अस्थायी दरबन्दी सृजना गरि ३ सय ४६ पदमा कर्मचारी करारमा राखेर १३ करोड ९४ लाख ४१ हजार रुपैयाँ खर्च गरेका छन् । जबकी यो गैरकानुनी हो । यसलाई महालेखाले सैद्धान्तिक बेरुजुमा राखेको छ ।

स्थानिय तह सरकार संचालन ऐन, २०७४ को दफा ८३ (८) बमोजिम नगरप्रहरी सवारी चालक, कार्यालय सहयोगी, प्लम्बर, इलेक्टिीसियन, चौकिदार, माली र बगैँचे लगायत पदमा करारबाट सेवा लिन सकिने व्यवस्था छ । तर, पोखरा महानगरले संगठन तथा व्यवस्थापन सर्वेक्षण समेत स्विकृत नै नगरी १ सय २१ जना कर्मचारी गैरकानुनी रुपमा भर्ना गरेको र त्यसबापत खर्च भएको ४ करोड २५ लाख ९ हजार ७ सय ४० रुपैयाँ अनियमितता भएको महालेखाको ठहर छ । त्यस्तै २७ जना व्यक्तिलाई दरबन्दी नै नभएपनि गैरकानुनी रुपमा नियुक्त गरि महानगरको १२ लाख १० हजार रुपैयाँ दुरुपयोग गरेको महालेखाको ठहर छ ।

सवा १ अर्बकाे लगानी, बालुवामा पानी

महालेखा परिक्षक कार्यालयका अनुसार महानगरले यस आर्थिक वर्षमा पूर्वाधार विकास महासखाबाट ३ सय १५ आयोजनामा १ अर्ब ३० करोड ३२ लाख २० हजार रुपैयाँ खर्च गरेको छ । तर, यसरी रकम खर्च गरिएपनि प्रगती शुन्य रहेको महालेखाले जनाएको छ । खर्च हुनै नसक्ने आयोजनामा बजेट बिनियोजन गरिएको भन्दै महालेखाले पोखरा महानगरमा यतिका अनियमितता भएको खुलाएको हो । बजेट संरचनामै असर गर्नेगरि विभिन्न पटके खर्चमा अनियमितता भएको महालेखाको भनाई छ ।
मेयर आचार्यले मेला महोत्सव र प्रवद्र्धनको नाममा मात्रै ४९ लाख रुपैयाँ सकेका छन् । त्यस्तै परम्परागत चाडपर्व खर्चको नाममा २२ लाख ५० हजार रुपैयाँ, अन्य निकायलाई सहयोग शिर्षकमा ८८ लाख ५२ हजार रुपैयाँ , भैपरी चालु खर्चको शिर्षकमा ५७ लाख ५० हजार र विभिन्न सडक निर्माणको नाममा २५ करोड रुपैयाँ खर्च भएको छ ।
यस्ता खर्चको कुनै पनि स्रोत देखाउन भने महानगरले सकेको छैन ।

धरौटी रकममा करोडौँ अनियमितता !

पोखरा महानगरलाई प्राप्त हुने धरौटी रकम समेत तलमाथि भएको पाइएको छ । पालिकाको प्रमाणित एकीकृत आर्थिक विवरण अनुसार बैंकमा धरौटी रकम १५ करोड ४८ लाख १९ हजार ५ सय १ रुपैयाँ प्राप्त भएकोमा महानगरले भने १३ करोड ८५ लाख ४३ लाख ४ सय १५ मात्रै देखाएर अनियमितता गरेको महालेखाको ठहर छ । जसमा एक करोड ६२ लाख ७६ हजार ८५ रुपैयाँ फरक देखिएको छ । त्यस्तै आर्थिक वर्षको अन्त्यमा धरौटी मौज्दात १२ करोड ९५ लाख १५ हजार ४ सय ६७ देखिएपनि बैंक स्टेटमेन्टमा भने ११ करोड २४ लाख ४९ हजार ७ सय रुपैयाँ मात्रै देखाई एक करोड ७० लाख ६५ हजार ७ सय ६७ रुपैयाँ गायब पारिएको छ । जसलाई महालेखाले उक्त रकमको प्रमाण पेश गर्नुपर्ने उल्लेख गरेको छ । तर, महानगरले हालसम्म पनि प्रमाण पेश गर्न सकेको छैन ।

 

वित्तिय विवरणमै गोलमाल !

महालेखाका अनुसार पोखरा महानगरको खातामा १ अर्ब २६ करोड ९३ लाख ८९ हजार २ सय ६३ रुपैयाँ मध्ये सञ्चित कोष खातामा १ अर्ब १३ करोड ७१ लाख २२ हजार ५ सय ८२ र विविध खर्च खातामा ४९ लाख ४ जहजार ५स सय ९६ रुपैयाँ, स्थानिय तह धरौटी खातामा ३ करोड ४३ लाख ९३ हजार ११ र स्थानिय तह प्रकोप व्यवस्थापन कोष खातामा ९ लाख ४४ हजार रुपैयाँ समेत गरि जम्मा १ अर्ब १७ करोड ७३ लाख ६४ हजार २ सय १८ रुपैयाँ हुनुपर्ने हो । तर, ९ करोड २० लाख २५ हजार ४५ रुपैयाँ खाताबाटै एकाएक गायब भएको छ ।

 

खाताबाट हुन्छ करोडौँ रुपैयाँ गायब

गत वर्षको वित्तिय विवरणमा मौज्दात रकम १ अर्ब २६ करोड ९३ लाख ८९ हजार २ सय ६३ रुपैयाँ देखाइएको छ । तर, आम्दानी खर्च र गत वर्षको मौज्दात रकम समेत परिक्षण गर्दा १ अर्ब ३० करोड ९ लाख २९ हजार ५ सय ४३ रुपैयाँ देखिनुपर्ने हुन्छ । दुवै आर्थिक वर्षमा गरि ३ करोड १५ लाख ४० हजार २ सय ७९ रुपैयाँ रकम खाताबाटै गायब भएको छ । त्यस्तै पालिकाले आफ्नो कारोबारको जिम्मेवारी भिडान गर्दा समेत ३ करोड ४३ लाख ६ सय ४६ रुपैयाँ पैसा गायब भएको छ ।

 

महालेखाको प्रतिवेदन अनुसार पालिकाको गत वर्षको लेखा परिक्षण प्रतिवेदन अनुसार २ अर्ब ३२ करोड ७८ लाख ३१ हजार ६ सय ९७ रुपैयाँ मौज्दात रहनुपर्नेमा यो वर्ष २ अर्ब २९ करोड ३५ लाख ३१ हजार ५१ रुपैयाँ मात्रै मौज्दात देखिएको छ । यसरी खाताबाट गायब भएको ३ करोड ४३ लाख रुपैयाँको प्रमाण महानगरले पेश गर्न सकेको छैन ।

अख्तियारको छानबीन शक्तिको प्रभावमा परेको आशंका

महालेखा परिक्षकको प्रतिवेदन सार्वजनिक भएलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको थियो । मणिपाल शिक्षण अस्पताललाई गैरकानुनी रुपमा २१ करोड रुपैयाँ कर छुट दिएको  सार्वजनिक भएपछि अख्तियारले छापा हानेको थियो । तर, शक्तिको आडमा छानबीन समेत प्रभावमा परेको आशंका बढेर गएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेठ २२, काठमाडाैँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३

सहमतिअनुसार व्यवसायीहरुले यातायात बन्द राख्नु गलत : भौतिकमन्त्री

 जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर

बजेटप्रति निजी क्षेत्र सकारात्मक

 जेठ १६ काठमाडौँ,  । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

जेठ ११,रसुवा ।   पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्