विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

twitter sharing button

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार विश्वको ५२.४  प्रतिशत जनसङ्ख्याले सामाजिक सुरक्षाको लाभ प्राप्त गरेको छ । विश्वको आधाभन्दा बढी मानिसहरूले सामाजिक सुरक्षामा आफ्नो पहुँच सुनिश्चित गरेको यो पहिलो रेकर्ड हो ।

“यो स्वागतयोग्य प्रगति हो । तर अप्रकाशित वास्तविकता यो पनि हो कि अझै पनि ३.८ अर्ब मानिसहरू पूर्णरूपमा असुरक्षित छन्,” विश्वव्यापी रूपमा तीन चौथाइभन्दा बढी बालबालिकाको अझै पनि कुनै पनि किसिमको सामाजिक सुरक्षा प्राप्त नगरेको जानकारी गराउँदै आईएलओले आफ्नो प्रतिवेदनमा भनेको छ ।

आईएलओले  सामाजिक सुरक्षा क्षेत्रमा स्वास्थ्य सेवामा पहुँच र विशेष गरी बुढ्यौली, बेरोजगारी, रोगी, अशक्तता, प्रसूति वा परिवारमा मुख्य आम्दानी गर्ने व्यक्तिको मृत्यु साथै बच्चा भएका परिवारहरूका लागि सम्बन्धित आय सुरक्षा उपायहरूको पहुँच समावेश गरेको छ ।

“सामाजिक सुरक्षाको सन्दर्भमा विश्वमा रहेको भिन्नता हटाउन ढिलो भइरहेको छ”, आइएलओले चेतावनी दियो  । “यही गतिमा विश्वका हरेक मानिसलाई कम्तीमा एउटा सामाजिक सुरक्षामा समावेश गराउन थप ४९ वर्ष लाग्नेछ”, प्रतिवेदनमार्फत चेतावनी दिइएको छ ।

आईएलओ प्रमुख गिल्बर्ट होङ्बोले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित विश्वका धेरै देशमा देखिएको सामाजिक सुरक्षा दरमा विशेष चिन्ता व्यक्त गर्नुभएको छ ।  “यस सङ्कटको सबैभन्दा क्रूर परिणाम भोगिरहेका देश वातावरणीय र जीविकोपार्जनका परिणामहरू सामना गर्न असक्षम छन्,” उहाँले भन्नुभयो ।

जलवायु सङ्कटको सबैभन्दा जोखिममा रहेका २० देशको कुल ९१.३ प्रतिशत अझै पनि कुनै पनि प्रकारको सामाजिक सुरक्षाको अभाव छ, बिहीबार सार्वजनिक भएको प्रतिवेदनले जनाएको छ ।

आईएलओले सार्वजनिक गरेको प्रतिवेदनले सामाजिक लाभले मानिसलाई आय सुरक्षा र स्वास्थ्य सेवामा पहुँचजस्ता कुराहरू सुनिश्चित गरेर जलवायुसम्बन्धी आघात अनुकूल बनाउन र सामना गर्न मद्दत गर्न सक्छ भन्ने कुरा औँल्याएको छ । आइएलओले विश्व हाल दुई धेरै फरक र भिन्न सामाजिक सुरक्षा मार्गहरूमा रहेको चेतावनी दिएको छ ।

उच्च आय भएका देशहरूको लगभग ८६ प्रतिशत जनसङ्ख्या सामाजिक सुरक्षाको पहुँचमा छन् । उच्च–मध्यम–आय भएका देशका ७१.२ प्रतिशत जनसङ्ख्याले सामाजिक सुरक्षाको लाभ लिइरहेका छन् भने कम–मध्यम–आय भएका देशको ३२.४ प्रतिशत जनसङ्ख्या सामाजिक सुरक्षाको पहुँचमा रहेको प्रतिवेदनले जनाएको छ ।

उच्च आय भएका देशहरूले सामाजिक सुरक्षाको क्षेत्रमा आफ्नो कुल गार्हस्थ्य उत्पादनको १६.२ प्रतिशत खर्च गर्छन् भने जलवायु परिवर्तनको जोखिममा रहेका देशसहित कम आय भएका देशहरूले मात्र ०.८ प्रतिशत खर्च गर्छन् ।

गरिब देशहरूलाई कम्तीमा आधारभूत सामाजिक सुरक्षा सुनिश्चित गर्न एक वर्षमा थप ती खर्ब आठ अर्ब ५० करोड डलर चाहिन्छ र त्यो लक्ष्यमा पुग्न अन्तर्राष्ट्रिय समर्थनको आवश्यकतामा आइएलओले जोड दिएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न