कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय पर्यटन विकासमा महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ ।

सभामुख घिमिरेले सुनसरीको वराहक्षेत्रस्थित चतरामा एक महिने महाकुम्भको विषेश अथितिको रुपमा बाह्रवर्षे पिण्डेश्वर महाकुम्भ मेलालाई आइतबार सम्बोधन गर्नुहुदै उहाँले मेलामा लाखौ धार्मिक पर्यटक आएको विश्वास व्यक्त गर्नुभयो ।

नेपाल तथा नेपालीको पहिचानलाई मेलाले उचाइमा पुगाएको चर्चा गर्नुहुँदै उहाँले पर्यटन विकासमा योगदान पुगेको चर्चा गर्नुभयो । धार्मिक पर्यटकीय क्षेत्र भएर पनि प्रचार–प्रसार अभावमा ओझेल परेका बेला अर्धकुम्भ र महाकुम्भले धार्मिक पर्यटनमा योगदान तथा आर्थिक कारोबारमा पनि सार्थक सन्देश दिएको आफूले बुझेको बताउनुभयो ।

जगदगुरु अनन्तश्री विभूषित श्री बालसन्त मोहनशरण देवाचार्यले सभामुखलाई कुम्भ मेलाका लागि सरकारी तवरबाटै बजेट छुट्याउने व्यवस्थाका लागि आग्रह गर्नुभयो ।

कुम्भको नाममा अक्षयकोष स्थापना गरी अर्को ६ वर्षपछि हुने अर्धकुम्भमा बजेटको अभाव हुन दिन वतावरण मिलाइदिन पनि उहाँले आग्रह गर्नुभयो । आफूहरुको पहलमा भएको महाकुम्भ मेलामा धार्मिक, पर्यटनका कुरा मात्र नभई एक अर्बभन्दा बढीको आर्थिक कारोबार समेत भएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेटप्रति निजी क्षेत्र सकारात्मक

 जेठ १६ काठमाडौँ,  । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

जेठ ११,रसुवा ।   पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

पूर्वमन्त्री मोहन बस्नेत विरुद्ध तीन अर्ब २१ करोडको  भ्रष्टाचार मुद्दा दर्ता

  जेठ १,काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध

शान्ति निर्विकल्प बाटो

 २९ वैशाख २०८२ ।  विनाशकारी दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रलाई पनि के कुराको अनुभूति भयो भने युद्ध