April 19, 2024

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र भरपर्दो बनाउन नेपाल सरकारलाई निर्देशन दिएको छ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न आयोगले यस प्रकारको निर्देशन दिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यातायातको सहज पहुँच, विद्युत् र खानेपानीको आपूर्ति, सुरक्षाको भरपर्दो व्यवस्थापनलगायतमा आयोगको निर्देशन कार्यान्वयन गर्ने गराउने गरी आवश्यक सहयोग तथा निर्देशन हुन आग्रह गरेको बताउनुभयो । उहाँले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्राचार गरी यस प्रकारको आग्रह गरेको बताउनुभयो ।

आयोगले यातायातको सहज पहुँचका लागि सदरमुकामस्थित निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालय रहने स्थानसम्मको आवागमनलाई निर्वाध रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

प्रवक्ता पौडेलले मतदान हुने मतदान स्थल र मतदान केन्द्रसम्म पुग्ने सडक तथा अन्य भौतिक पूर्वाधारसमेत प्राथमिकतासाथ मर्मतसम्भार गरी सुचारु राख्न निर्देशन दिइएको बताउनुभयो । इलाम–२ मा १४९ वटा मतदान केन्द्र तोकिएका छन् भने बझाङ १ (१) मा ९३ मतदान केन्द्र तोकिएका छन् ।

आयोगले उपनिर्वाचनका क्रममा नियुक्त गरिएका कर्मचारी वा सुरक्षाकर्मीले कुनै प्रकारको डर, धम्की वा प्रलोभन दिएमा वा बल प्रयोग गरेमा त्यस्ता गतिविधि निर्वाचन कसुर अन्तर्गत ठहर हुने प्रस्ट्याएको छ । यस प्रकारको गतिविधिमा संलग्नलाई आवश्यक कारबाही गर्ने आयोगले सचेत गराएको छ । इलाम–२ प्रतिनिधि सभा सदस्य र बझाङ १ (१) प्रदेश सभा सदस्य क्षेत्रमा वैशाख १५ गते उपनिर्वाचन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

रास्वपाको केन्द्रीय समिति विस्तारप्रति असन्तुष्टि, बालेनको कोटाबाट आएका नामबारे आन्तरिक आलोचना

काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण