गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता समीकरणले पार्टी सिद्ध्याउने अभियान टुटेको दाबी गर्नुभएको छ।

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका वरिष्ठ उपाध्यक्ष पोखरेलले देश भित्र र बाहिरका केही शक्तिले एमाले सिद्ध्याउने प्रयोजनका लागि बनाएको काँग्रेस नेतृत्वको आपराधिक गठबन्धन टुटाएर नयाँ समीकरण बनाउन आफूहरू सफल भएको बताउनुभयो ।

शनिबार पार्टीको काठमाडौँ महानगरपालिका वडा नम्बर ५ को १२ औँ अधिवेशनमा बोल्दै उहाँले नयाँ सत्ता समीकरणलाई पनि मिसन–२०८४ पूरा गर्न सहयोगीको रूपमा प्रयोग गर्ने योजनासमेत सार्वजनिक गर्नुभयो ।

मिसन २०८४ जारी रहने र अभियानलाई सहयोग गर्न सरकार र सत्तारुढ गठबन्धनलाई पनि उपयोगमा ल्याउने पार्टीको योजना रहेको उहाँको भनाइ छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, ‘‘हामीले मिसन– २०८४ भनेका छौँ । आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउनुपर्छ । निर्वाचन पछि कसैको बहुमत नआएको अवस्थामा मिलेर सरकार बनाउन सकिन्छ । तर निर्वाचन भन्दा पहिलो राष्ट्रव्यापी रूपमा जो गठबन्धन गरेर एमालेको विरुद्ध हमला गरियो । त्यो आपराधिक योजना अन्तरगत थियो भनेर हामीले भन्यौँ । अहिले हेरफेर भयो । यो भनेको त्यो षड्यन्त्रपूर्ण ढङ्गले बनेको गठबन्धन पराजित भएको हो । त्यो गठबन्धन भत्केको हो ।’’

वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकलाई सही बाटोमा अघि बढाउनका लागि भ्रष्टाचारविरोधी अभियानमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल