सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी विधेयक पारित गरेको छ ।

कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन अनुसार प्रतिनिधि सभाले बुधबार विधेयक पारित गरेको हो । गत असोज २४ गते नै समितिले प्रतिवेदन पारित गरे पनि अघिल्लो अधिवेशनमा पारित हुन सकेको थिएन । चालु अधिवेशनमा प्रतिनिधि सभाले पारित गरेको यो पहिलो विधेयक हो ।

सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण र व्यावसायिक वातावरण प्रवर्धनका लागि भन्दै सरकारले १९ कानुन एकै पटक संशोधन अघि बढाएको थियो । अघिल्लो संसद्मा पनि उक्त विधेयक सरकारले ल्याएको थियो । तर विधेयक पारित नभई प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै निष्क्रिय भएको थियो । नयाँ संसद्मा सरकारले सुरुवातबाटै विधेयक अघि बढाएको थियो । विधेयकले नेपाल राष्ट्र बैङ्क ऐन, सहकारी ऐन, बिमा ऐन, मालपोत ऐन, पर्यटन ऐनलगायत १९ ऐन संशोधन अघि बढाइएको थियो ।

सरकारले प्रस्ताव गरेको विधेयकमा समितिले केही मुख्य परिवर्तन गरेको छ । सहकारीमा बचतको सिलिङ तोक्ने सरकारको प्रस्ताव समितिले हटाएको छ । सहकारी ऐन २०७४ को दफा ५२ संशोधन गरेर सरकारले विधेयकमा व्यक्तिगत बचत सीमा २५ लाख रुपियाँमा नबढ्ने व्यवस्था प्रस्ताव गरेको थियो । तर समितिले उक्त व्यवस्था हटाएको छ । उक्त व्यवस्था हटाउन नेकपा (एमाले), माओवादी केन्द्रलगायतका सांसदको संशोधन थियो । यस्तै समितिले अन्तर्राष्ट्रिय सीमाबाट कम्तीमा पाँच  किलोमिटर दुरीमा मात्र क्यासिनो सञ्चालन अनुमति दिने व्यवस्था गरेको छ । सोही व्यवस्था सभाले पनि पारित गरेको छ । सरकारले तीन किलोमिटरको दुरीको प्रस्ताव गरेको थियो । यस्तै एक कम्पनीले एकभन्दा बढी क्यासिनो सञ्चालन अनुमति नपाउने व्यवस्था पनि पारित विधेयकमा छ ।

सहकारी अनुगमनसम्बन्धी सुपरिवेक्षणको व्यवस्था पनि विधेयकमा परिमार्जनसहित पारित भएको छ । २५ करोड रुपियाँभन्दा कम कारोबार हुने र २५ करोडभन्दा बढी सेयर कारोबार भएको सहकारीको अनुगमन तथा निरीक्षण राष्ट्र बैङ्कले गर्ने व्यवस्था सरकारले प्रस्ताव गरेकोमा पारित विधेयकले ५० करोड रुपियाँ पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र