सङ्क्रमणकालीन न्याय विधेयकलाई टुङ्ग्याउन शिर्षस्थ वैठक

काठमाडौं, पुस ८ गते।  सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई टुङ्ग्याउने सन्दर्भमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुले छलफल गरेका छन्।

प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा विचाराधीन रहेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई अघि बढाउने सन्दर्भमा नेताहरुको छलफल भएको हो।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताबिच छलफल भएको हो।  छलफलमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार शीर्ष नेताले विधेयकलाई चाँडोभन्दा चाँडो पारित गर्ने सन्दर्भमा छलफल भएको छ।

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चाँडोभन्दा चाँडो टुङ्ग्याएर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने गरी छलफल अगाडि बढेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसहितको बैठक भएको हो बालुवाटारमा।  मूलतः अहिले प्रतिनिधि सभाको समितिमा विचाराधीन रहेको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा नै केन्द्रित भएर छलफल भएको छ।  त्यो विधेयकलाई चाँडोभन्दा चाँडो पारित गर्ने।  त्यसमा केही थप छलफल गर्नुपर्ने ३/४ वटा विषय देखिएका छन्, ती विषयहरुमा पनि थोरै छलफल गर्ने।  अब त्यसलाई चाँडोभन्दा चाँडो टुङ्ग्याएर शान्ति प्रक्रियाको बाँकी कामलाई चाँडै निष्कर्षमा पुर्‍याउनुपर्छ भन्ने भावका साथ र त्यही बुझाइका साथ बैठक भएको छ।  भोलि फेरि ४ः३० मा बस्ने गरेर आज हामी उठेका छौँ। ’’

तीन शीर्ष नेताबीच भोलि (सोमबार) दिउँसो साढे चार बजे पुनः बालुवाटारमा बैठक बस्ने प्रमुख सचेतक लेखकले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न