दसैंको मुखमा न्याय खोज्दै

काठमाडौं । घरमा कमेरो र रातोमाटोले लिपपोत गर्न भ्याइनभ्याई हुन्छ । गाउँमा महिला घरमा रङ लगाउने, चिउरा कुट्ने, अचार राख्ने घर सफा गर्ने सबै काममा व्यवस्थ हुने समय हो । गाउँघरका सबै घर रंगीन थालेका छन् । तर, इलाम देउमाई नगरपालिका–३ की २९ वर्षीय अधबैंसे महिला न्याय खोज्न इलाम सदरमुकाममा धाइरहेकी छन् । घरमा एक्लै छिन् । छोराछोरी छैनन् । श्रीमान विदेशमा छन् ।

उनी पनि न्याय खोज्न सदरमुकाम धाइरहँदा घरमा दसैं होइन न्याय भौतारिएको छ । घटना गत २४ भदै राति १ बजेको हो । घरको किचनमा गड्याङगुडुङ आवाज आएपछि निन्द्रबाट ब्युँझिइन् । किचनबाट टिनको बोरा भएकाले मध्यरातमा ठुलो आवाज आउँदा ब्युँझिएकी महिलासँग उज्यालो थिएन । मोबाइलको लाइट खोलेर बत्ती बाल्न खोज्दा लाइन थिएन । र उठेर किचनमा जाँदा देउमाई नगरपालिका–३ का २९ वर्षका संगेस राई रहेछन् ।

‘मातेको अवस्थामा थिए, कताबाट आइस् भ तिम्रो परिवारलाई फोन गरौं । त्यति भनेपछि केही नभनी घाँटीमा समाई लछारपछार गर्दै लडाएर ममाथि चढेर मार्न खोज्यो, गहभरि आँसु बनाउँदै ती महिलाले भनिन्, त्यतिबेला म कराएँ तर मेरो घरछेउमा खोला भएकाले कसैले सुनेन । नजिकै कुनै पनि छिमेकीको घर छैन ।’

उनले थपिन् मैले उसको छातीमा टोकेपछि छाडेर भाग्यो । त्यही समय मोबाइल कता उछिट्टिएछ । उज्यालो भएपछि मात्र भेटे । बिजुलीको एमसीसी झारेर बत्ती काटेको रहेछ, बिहान मात्र थाहा पाएँ । घटनाबारे बिहानै छरछिमेकलाई सुनाएँ । फोन सम्पर्क गरेर भने । घटना तत्काल इलाम प्रहरी मगंलबारेलाई जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयमा झिकाइयो । कार्यालयमै प्रहरीले जाहेरी दखास्त बनायो । पीडक राईलाई पनि पक्राउ गरे । ल्याए, थुनामा राखेन । जिल्ला अदालतले म्याद थप गरेन । ‘ऊ अहिले खुलेआम हिँडिरहेको छ, मलाई मार्छु भनेको छ,’ उनले भनिन् ‘एकान्तमा घर छ । उसले यो धम्कीले सन्चले सुत्न पाएको छैन । यस विषयमा कसैले सहयोग गरेको छैन । न्याय पाएको छैन । सहयोग गरिदिनुप¥यो ।’

प्रहरीबाट गएको जाहेरी नै उल्टो भएका कारण अदालतबाट समेत म्याद थप नभएको उनको दुखेसो छ । पहिला आफूले लेखेको उजुरी निवेदन पुनः माग्दासमेत जिल्ला प्रहरी कार्यालय इलामले नदिएको पीडित बताउँछिन् । सो घटना बाहिर ल्याए उल्टै मार्ने धम्की आउने गरेको महिलालाई ‘तैंले नै बोलाएको भन्छु, नत्र तँलाई नै मार्छु’ भनेर धम्की दिने गरेको उनले बताइन् ।

पीडक पक्राउ भएर जिल्ला प्रहरी कार्यालयमा ल्याएपछि इलाम नगरपालिका –१ का वडाअध्यक्ष आएका थिए । उनी आएपछि पक्राउ गरेका व्यक्तिलाई प्रहरीले छोडिदिएको महिलाको गुनासो छ । जाहेरी लेख्दासमेत प्रहरीबाट न्यायका निम्ति सहयोगभन्दा पनि उल्टै धम्याउने गरेको उनको दुःखेसो छ ।

आफू पीडित भएको भन्दै महिला हाल अधिकारवादी र सञ्चारकर्मीसमक्ष पुग्ने गरेकी छिन् । जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी प्रकाश जवेगुले प्रहरीले घटना थाहा पाएपछि पक्राउ गरेर ल्याएको र म्याद थपका लागि अदालमै लैजादाँँ अदालतले म्याद थप नगरेपछि पक्राउ गरेको व्यक्ति छोडेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष