‘गरिबसँग स्थानीय सरकार’ कार्यक्रम गरिंदै

नेपालगन्ज, भदौ २२ गते । नेपालगन्ज उपमहानगरपालिकाले ‘गरिबसँग स्थानीय सरकार’ कार्यक्रम सञ्चालन गर्नेभएको छ । कार्यक्रम सञ्चालन गर्नका लागि ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ मस्यौदा तयार गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले उपमहानगर क्षेत्रमा बसोबास गरिरहेका लक्षित समुदायमध्ये आर्थिक क्रियाकलापका दृष्टिले निस्क्रिय जनशक्तिलाई व्यवसायिक गतिविधिमा सरिक गराउन सो कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

उहाँले कार्यक्रम सञ्चालन गर्न कार्यविधि आवश्यक रहेकाले कार्यविधिको मस्यौदा तयार भई प्राप्त भएकाले पारित गरेर राजपत्रमा प्रकाशित भएपछि कार्यक्रम सञ्चालन हुने बताउनुभयो ।

साझेदारी विकास कार्यक्रम सञ्चालन कार्यविधि २०७५ लाई प्रतिस्थापन गर्न बनेको ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ को मस्यौदा तयार पारिएको हो ।

उपमहानगरका सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीले यो कार्यविधि नगर कार्यपालिकाको बैठकबाट स्वीकृत भई नेपालगन्ज राजपत्रमा प्रकाशन भएपछि लागू हुने बताउनुभयो ।

उक्त कार्यविधिको मस्यौदा कार्यविधि संशोधन कार्यदलले सामाजिक विकास समिति संयोजक कौशलकुमार धोबीलाई हस्तान्तरण गरेको छ । कार्यदल संयोजक गोविन्दप्रसाद रेग्मीले सो मस्यौदा हस्तान्तरण गर्नुभयो ।

साउन २५ गते बसेको सामाजिक विकास समितिको बैठकले रेग्मीको संयोजकत्वमा लक्ष्मण बर्मा र विना थापा सदस्य तथा जोशी सदस्य सचिव रहेको कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।

कार्यदललाई १५ दिनको समय दिइएको थियो । कार्यदलले बुझाएको ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ को मस्यौदा सामाजिक विकास समिति संयोजक कौशलकुमार धोबीले नगर प्रमुख प्रशान्त विष्टलाई हस्तान्तरण गरेको बताउनुभएको छ । नगर कार्यपालिकाबाट पारित गरेर राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइने छ ।

‘गरिबसँग स्थानीय सरकार कार्यक्रम’ मार्फत नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा बसोबास गरिरहेका आर्थिक रुपमा विपन्न तथा अवसरबाट वञ्चितलाई विभिन्न प्रकारका व्यावसायिक गतिविधिमा सक्रिय गराइनेछ ।

उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राईले नगरभित्रका विपन्न र गरिबलाई व्यावसायिक गतिविधिमा सरिक गराउन नवीनतम प्रविधि, ज्ञान र सीपका आधारमा व्यावसायिक लगानी योजना तयार गरेर उत्पादनमूलक व्यवसाय सञ्चालन गर्नेगरी प्रस्तावित योजनाका लागि कर्जा उपलब्ध गराइने बताउनुभयो ।

उहाँले सहरी सुशासन, जनसहभागिता प्रवर्धन र आर्थिक सशक्तिकरण गरी सबै नगरवासीले देखेको आफ्नो समृद्धिको परिकल्पना साकार पार्न सक्नेगरी ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम’ सञ्चालन गर्न आवश्यक देखिएको जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायातका कर्मचारीविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडौँ, असार ४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत (आठौँ तह)

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

ओली सरकारले ‘अध्यादेश’मार्फत गरेका १२ संवैधानिक निकायका ५२ नियुक्तिहरु यी हुन्

बुधबार, जेठ २८ काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ४ वर्ष अघि संवैधानिक

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

दरबन्दीभन्दा  बढी कर्मचारी नराख्न गृह र संघीय मामिलालाई प्रधानमन्त्री कार्यालयको पत्र

जेठ २६,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेठ २२, काठमाडाैँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३