टेकुुमा अत्याधुुनिक प्रविधिको पेट्रोल पम्प निर्माण हुने

 भदौ१९,काठमाडौँनेपाल आयल निगमले टेकुमा अत्याधुनिक प्रविधिसहितको नयाँ पेट्रोल पम्प निर्माण प्रक्रिया अगाडि बढाउन लागेको छ ।

काठमाडौँको टेकुस्थित साबिकको नेसनल ट्रेडिङको पेट्रोल पम्पलाई स्तरोन्नति गरेर आधुनिक प्रविधिसहितको नयाँ पम्प बनाउन लागेको हो । आठ रोपनी जग्गामा आठ करोड ५० लाख रुपियाँ लागतमा अत्याधुनिक प्रविधिसहितको नयाँ पम्प निर्माण गर्न लागिएको निगमले जनाएको छ ।

उपत्यकामा निजीस्तरबाट पम्प स्थापना भए पनि निगमको आफ्नो पम्प थिएन । निगम आफैँले पम्प सञ्चालन गर्दा बन्द हडतालका बेलासमेत नियमित रूपमा सञ्चालन हुुँदा उपभोक्तालाई सहज हुने बताइएको छ ।स्थापना भएका निजी पम्पहरू समेत मापदण्ड पूरा गरेका छैनन् । निगमकै कर्मचारीको मिलेमतोमा यसरी मापदण्ड पूरा नगरी पम्पहरू सञ्चालन गर्न दिँदा पेट्रोल पम्प दुर्घटनाको एउटा कारक बन्ने अध्यनहरुले देखाएको छ ।

प्रत्येक प्रदेशमा एउटा-एउटा पम्प स्थापना गर्ने नीति अनुरूप काठमाडौँमा आफ्नै लगानीमा पम्प निर्माण गर्न लागिएको निगमले जनाएको छ । निगमका प्रबन्धक एवं इन्जिनियर रामप्रसाद बन्जराले टेकुुमा नेपालमै पहिलो पटक आधुनिक प्रविधिसहितको पम्प निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

निगमले पम्प निर्माणका लागि विद्युुत् प्राधिकरण, सडक विभाग, महानगरीय प्रहरीबाट स्वीकृत लिइसकेको र काठमाडौँ महानगरबाट स्वीकृति प्राप्त गरेपछि केही दिनमै निर्माण प्रक्रिया अगाडि बढाइने उहाँले जानकारी दिनुुभयो । अन्य प्रक्रिया सबै सम्पन्न भएकाले महानगरमा स्वीकृतिका लागि पठाएकाले स्वीकृत हुनासाथ निर्माण कार्य अगाडि बढ्ने उहाँको भनाइ छ ।

पेट्रोल पम्पबाट हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न हालसम्मकै उच्च सुरक्षा सतर्कता अपनाउने गरी पम्प निर्माण गर्न लागिएको निगमले जनाएको छ । पम्प निर्माणको जिम्मा गोपिनी गङ्गा एमसी कन्स्ट्रक्सन कम्पनीले पाएको छ । पम्प निर्माण एक वर्षमा सम्पन्न गर्ने निगमको लक्ष्य छ ।

“पम्प २४ घण्टै खुला हुनेछ, उपभोक्ताले कार्डबाट तेल हाल्ने सुविधा रहनेछ, पम्पमा आगलागी हुन सक्ने जोखिमलाई कम गर्न फायर हाइड्रेन्ड सिस्टम जडान गरिने छ,” उहाँले भन्नुभयो । यहाँ आगो निभाउन पानी र केमिकल मिश्रित फोमको प्रबन्ध गरिने बताइएको छ । यसले आगोलाई माथिबाट छोप्ने गर्छ र तुरुन्तै आगलागी नियन्त्रण हुन्छ । मेसिनबाट ग्राहक आफैँले तेल भर्न सक्ने सुविधासहितको पम्प नेपालमा पहिलो पटक स्थापना गर्न लागिएको हो ।

पम्पमा भ्यापर रिकभरी सिस्टम (भिआरएस) राखिने हुँदा यसका कारण ट्याङ्करको तेल अन्डर ट्याङ्कीमा खसाल्ने क्रममा हावामा मिसिन पाउँदैन । यसबाट चुहावट नियन्त्रण गर्न मद्दत मिल्छ भने तेल हावामा मिसिन नपाई वातावरण संरक्षणमा समेत सघाउ पुग्ने बन्जराले जानकारी दिनुभयो । पम्पमा भिआरएस, हाइड्रेन्ड, कार्ड स्वाप सिस्टम जडान नेपालमै पहिलो पटक गर्न लागिएको उहाँको

भनाइ छ ।

त्यस्तै ट्याङ्करमा ल्याएको तेल पम्पको भूमिगत ट्याङ्कीमा खसाल्दा र डिस्पेन्सिङ मेसिनबाट सवारीसाधनमा भर्दासमेत पेट्रोल, डिजेल उडेर हावामा मिसिन नदिने प्रणालीसमेत यो पम्पमा जडान हुन लागेको उहाँले जानकारी दिनुभयो । पम्पमा पेट्रोल र डिजेलका दुई÷दुई वटा डिस्पेन्सिङ मेसिन र डिजेल पेट्रोलका चार÷चार गरेर आठ वटा नोजल रहनेछन् । पम्पमा ४० हजार लिटर क्षमताको पानीको भण्डार राखिनेछ । भूमिगत ट्याङ्कीमा ४५ हजार लिटर डिजेल अटाउने तीन वटा ट्याङ्की र ६० हजार लिटर पेट्रोल अटाउने तीन वटा ट्याङ्की हुनेछन् । २४ घण्टा पम्प खुला हुने हुँदा बिजुलीको विकल्पमा सोलारसमेत जडान गरिनेछ ।

निगमले भैरहवा र नेपालगन्जमा आफ्नो स्वामित्वमा पम्प निर्माण गरेर सञ्चालनमा ल्याएको छ । उपत्यकामा साझा सहकारी संस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनाका गरी १२ वटा पम्प सञ्चालनमा छन् । उपत्यकामा निजी क्षेत्रबाट तीन सय पम्प सञ्चालनमा छन् । मुलुकभर निजी क्षेत्रबाट एक हजार पाँच सय पेट्रोल पम्प सञ्चालनमा छन् । उपत्यकामा मात्र दैनिक छ लाख ५० हजार लिटर पेट्रोल र १० लाख लिटर डिजेल खपत हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि