सरकारी सफ्टवेयर जथाभावी बनाउन रोक

  भदौ १२,काठमाडौं । सरकारले सरकारी निकायमा सफ्टवेयरहरुको अनावश्यक निर्माणलाई रोक लगाएको छ ।
यसअघि बसेको मन्त्रालयको सचिवहरुको बैठकले विभिन्न बहानामा सफ्टवेयरहरु निर्माण गर्दा अनावश्यक खर्च भइरहेको निष्कर्ष निकाल्दै सरकारी निकायलाई जथाभावी सफ्टवेयर बनाउनमा रोक लगाएको हो ।मुख्यसचिव डा. बैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको सचिव बैठकले प्रयोगमा नआएका सफ्टवेयर हटाउने निर्णय पनि गरेको छ ।

‘प्रयोगमा आइरहेका सफ्टवेयरबीच अन्तरआबद्धता कायम गर्ने तथा प्रयोगमा रहेका कार्यालयको सफ्टवेयरको सोर्स कोड आफैंसँग राख्ने व्यवस्था मिलाउने’, निर्णयमा भनिएको छ ।

यसैगरी बैठकले सरकारी कार्यालयमा प्रयोगमा रहेका सफ्टवेयरको सेक्युरिटी अडिट गर्ने निर्णय पनि गरेको छ । यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र विद्युतीय सुशासन आयोगले आवश्यक प्राविधिक सहयोग र सहजीकरण गर्ने निर्णय पनि भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

‘प्रयोगमा नरहेका सफ्टवेयरहरुको सेक्युरिटी प्रणालीका लागि वर्षैसाल ठूलो खर्च भइरहेको छ’, कार्यालयका एक अधिकारीले भने, ‘कतिपय सरकारी सफ्टवेयरको त सोर्सकोड समेत सरकारसँग छैन । यसले महत्वपूर्ण सरकारी सूचना र सेवाग्राहीका व्यक्तिगत सूचना समेतको सुरक्षामा प्रश्न उठेकाले यस्तो निर्णय भएको हो ।’

सचिवहरुको बैठकले सरकारी कर्मचारीले कार्यालय समयमा सरकारी कामसँग सम्बन्धित कार्यक्रममा मात्र सहभागी हुन पाउने निर्णय गरेको छ । अन्य कार्यक्रममा कार्यालय समयभन्दा बाहिर वा बिदाको दिन पारेर मात्र सहभागी हुन पाउने सरकारी निर्णय छ ।

यसैगरी विद्युतीय खरीद प्रणाली सञ्चालन निर्देशिका, २०८० को व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालयहरूले आफू अन्तर्गतका निकायहरूमा परिपत्र गर्ने र द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सन्धि सम्झौताहरू कार्यान्वयनको प्रगतिको विषय आफ्नो वार्षिक प्रतिवेदनमा अनिवार्य रुपमा उल्लेख गर्ने निर्णय पनि भएको छ ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटले खारेज गर्ने, एक आपसमा गाभ्ने वा पुनःसंरचना गर्ने उल्लेख गरेका संस्थान, समिति, बोर्ड लगायतका निकायहरूको सम्पत्ति तथा दायित्व हस्तान्तरण तथा फरफारक गर्न सम्बन्धित मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयसँग समन्वय गरेर आगामी भदौ मसान्तसम्म ठोस खाका तयार गरी समयबवद्ध कार्यान्वयनमा लैजाने निर्णय पनि बैठकले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको

 सरकारी सेवामा पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त