स्तनपान सप्ताह आजबाट सुरु

काठमाडौँ, साउन १६ गते । बच्चा जन्मेको १ घण्टाभित्र स्तनपान गराउन आग्रह गरिएको छ । परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले विश्व स्तनपान दिवसको अवसरमा बच्चा जन्मेको १ घण्टाभित्र स्तनपान गराउन आग्रह गर्नुभएको हो ।  थापाले शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्त्व आमाको दूधमा पाइने हुनाले शिशु जन्मेदेखि ६ महिनासम्म आमाको दूध मात्र खुवाउन सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “आमाको दूधमा बालबालिकालाई आवश्यक पर्ने पर्याप्त पानी र खनिज तत्त्वहरू हुने भएकोले जन्मिएदेखि छ महिनासम्म दूध खुवाउनुपर्छ ।” शिशुलाई कम्तीमा २ वर्षसम्म पूर्णरूपमा स्तनपान गराउन थापाको आग्रह छ ।

दूध खुवाउँदा हुने फाइदा 

थापाका अनुसार दूध खुवाउँदा आमा र बच्चा दुवैका लागि फाइदा जनक छ । उहाँ भन्नुहुन्छ, “आमाको दूध बालबालिकाको लागि अमृत समान हो । यसले बालबालिकाको जीवन रक्षा गर्छ । पहिलो पहेँलो बिगौती दूधले खोपसरह काम गर्छ र निमोनिया, झाडापखाला,कान,छाला,पेट तथा श्वासप्रश्वासका सङ्क्रमणसँग लड्न सक्ने क्षमता बढाउँछ ।”

 यसमा शिशु जन्मने बित्तिकै आमाको दूध चुसायो भने सालनाल छुटै बाहिर निस्किने थापा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“शिशुले दूध चुस्दा पाठेघर खुम्चिन्छ जसले गर्दा बच्चा जन्माएपछि बढी रगत बग्ने खतरालाई घटाउँछ ।” त्यसका अलावा यसले  स्तन र पाठेघरसम्बन्धी क्यान्सरको खतरालाई घटाउने थापाको भनाइ छ ।

आमाको दूध जुनसुकै बेला र जहाँ पनि खुवाउन सकिने सफा, पोसिलो हुने गर्छ । पूर्ण स्तनपान गराउँदा शिशुको आमासँगको आत्मीयता बढाई शिशुको मानसिक,बौद्धिक, शारीरिक तथा सामाजिक विकास गर्ने थापा बताउनुहुन्छ ।

 स्तनपान कसरी गराउने 

थापाका अनुसार शिशु जन्मने बित्तिकै आमाको छातीमा टाँसिएर रहन दिने। बालबालिका जन्मको १ घण्टाभित्रै आमाको बिगौती दू देखि ६ महिनासम्म पूर्ण स्तनपान गराउने ।

दूध खुवाउँदा एकातिरको दूध निख्रिएपछि मात्र अर्को स्तनको दूध खुवाउने ।बालबालिकालाई दिनको १० देखि १२ पटक स्तनपान गराइराख्ने । बालबालिकाले जति पटक दूध खान खोज्छ त्यति नै पटक स्तनपान गराउने । बालबालिकालाई सही आसन र सम्पर्कमा राखेर स्तनपान गराउने । आमा र वा बालबालिकाका, जो बिरामी भए पनि निरन्तर स्तनपान गराइरहने । बालबालिका २ वर्ष वा सोभन्दा पछिसम्म पनि निरन्तर रूपमा स्तनपान गराउन थापाको सुझाव छ ।

 आमाले के कुरामा ध्यान दिने 

स्तनपान गराइरहेकी आमाले दैनिक खाने गरेको खाना भन्दा २ पटक थप खान खान चिकित्सकको सुझाव छ । बोतलबाट दूध नखुवाउने । स्तनपानसम्बन्धी सिफारिस गरिएका व्यवहारहरू हरेक शिशुहरूमा हरेक अवस्थामा लागु हुन्छ । यी व्यवहारहरू अपनाउँदा आमाहरूले लगातार रूपमा दूध उत्पादन गरिरहन सक्ने थापा बताउनुहुन्छ ।

 शिशुलाई आमाको दूध पुगे नपुगेको कसरी थाहा पाउने ?

थापाका अनुसार दूध प्रशस्त खान पुगेको शिशुले एक दिनमा (२४ घण्टामा) कम्तीमा ६ देखि ८ पटकसम्म पिसाब फेर्छ र पिसाबको रङ्ग सफा हुन्छ ।  शिशुलाई दूध प्रशस्त खान पुगेको छैन भने २४ घण्टामा ६ पटकभन्दा कम पिसाब फेर्छ र पिसाबको रङ्ग गाढा पहेँलो, बाक्लो, एकदम गन्हाउँछ थापा बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८