छोरीलाई चिट चोराउने लोकसेवा आयोगका अधिकृतको जागिर चट्

असार २९, काठमाडौं । आफ्नै छोरीलाई लोक सेवा आयोगको परीक्षामा पास गराउन उत्तरपुस्तिका सच्याउने हकृत गर्ने लोक सेवा आयोगका अधिकृत मिनबहादुर शाहीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतले आयोगका अधिकृत शाहीलाई दोषी ठहर गर्दै ६ महिना कैद र २० हजार रुपैयाँ सहितको सजाय र जरिवाना भएको फैसला सुनाएको हो।
न्यायाधीशहरु यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले आफैं लोक सेवा आयोगको कार्यालयमा कार्यरत रहेका अधिकृतले आफ्नो छोरीका लागि गरेको उक्त कार्य अक्षम्य भएको भन्दै उनलाई दोषी ठहर गरेको हो। निष्पक्षता कायम गर्नुपर्ने जिम्मेवारी र शपथ लिएको व्यक्तिले आफ्नो परिवारको सदस्य सहभागी भएको परीक्षामा जोडिन समेत नमिल्ने अवस्थामा उनले परीक्षाको उत्तरपुस्तिका नै फरक हुने गरी लेखेको कार्य भ्रष्टाचार निवारण ऐन विपरीतको कार्य भएको फैसलामा उल्लेख छ।
शाहिले नेपाल वायु सेवा निगमको खुला समावेशीतर्फको परीक्षामा सहभागी छोरीलाई सहायक चौथो पदको परीक्षामा सहभागी गराइ सफल गराउने नियतले शाहीले उत्तरपुस्तिका सच्याएका भेटिएको थियो। लोक सेवाअन्तर्गत सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाका अधिकृत शाहीले २०७६ जेठ ११ गते नेपाल वायु सेवा निगमको सहायक चौथो तह (खरिदार सरह) को परीक्षामा सहभागी आफ्नी छोरीलाई आफैंले उत्तर लेखिदिएर परीक्षा पास गराउन खोजेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अब हुने निर्वाचनमा एमाले बहुमतसहित विजयी हुन्छ : अध्यक्ष ओली

मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको