गाउँपालिकाका अध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, असार २७ गते। झापा गाउँपालिकाका तत्कालीन अध्यक्ष जय नारायण साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बुधबार विज्ञप्ति जारी गर्दै साहसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिनुभएको हो।

अध्यक्ष साहसँगै तत्कालीन गाउँपालिका उपाध्यक्ष कुन्ती देवी बुढाथोकी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल, इन्जिनियर अभिषेक दास, वि–इन्जिनियर विज्ञान चम्लागाँईविरुद्व गाउँपालिकास्थित लक्ष्मीमार्ग सडकखण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्म सात किलोमिटर बाटो बनाउन आर्थिक वर्ष २०७४/७५ मा २२ लाख ९ हजार ८२३ रुपियाँ रकम हिनामिना भएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ।

लक्ष्मीमार्ग उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणीन्द्रप्रसाद खरेल, कोषाध्यक्ष शान्तादेवी सुब्बा, तत्कालीन वडा नम्बर ३ का अध्यक्ष हरि बहादुर बानिया, वडा ७ का अध्यक्ष नेत्रप्रसाद उप्रेती र वडा नं। ३ का अध्यक्ष मोती लाल गणेशविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना हुन मागदाबी दिई बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।

यसैगरी, मधेश प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा गरिबी निवारण शाखा मधेश प्रदेश, जनकपुरधामबाट आर्थिक वर्ष २०७८/०७९ मा प्रदेशका आठै वटा जिल्लामा सहकारी सम्बन्धी आयमूलक तालिम सञ्चालन गर्न भनी वरिष्ठ शाखा अधिकृत ओम नारायण झाले झुठा बिल, भरपाई तयार गरी सात लाख एक हजार ३८० रुपियाँ भ्रष्टाचार गरेको आरोप लागेको छ।

प्रतिवादी झालाई नैंशी जेनरल अर्डर सप्लायर्सका प्रोप्राइटर अरहुला कुमारीले गैरकानुनी लाभ पुर्‍याउने उद्देश्यले अस्वभाविकरुपमा बढी मूल्य तिरेर झोला खरिद गरेको देखाइ भुक्तानी लिन सहयोग गरेको आयोगको विज्ञप्तिमा छ। कुमारीविरुद्ध तीन लाख ६८ हजार ८८० रुपियाँ बिगो रकम हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीको आग्रह: समयमा विवाह गरी सन्तान उत्पादनमा ध्यान दिनु उत्तम

काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको

 सरकारी सेवामा पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड