गाउँपालिकाका अध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, असार २७ गते। झापा गाउँपालिकाका तत्कालीन अध्यक्ष जय नारायण साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बुधबार विज्ञप्ति जारी गर्दै साहसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिनुभएको हो।

अध्यक्ष साहसँगै तत्कालीन गाउँपालिका उपाध्यक्ष कुन्ती देवी बुढाथोकी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल, इन्जिनियर अभिषेक दास, वि–इन्जिनियर विज्ञान चम्लागाँईविरुद्व गाउँपालिकास्थित लक्ष्मीमार्ग सडकखण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्म सात किलोमिटर बाटो बनाउन आर्थिक वर्ष २०७४/७५ मा २२ लाख ९ हजार ८२३ रुपियाँ रकम हिनामिना भएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ।

लक्ष्मीमार्ग उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणीन्द्रप्रसाद खरेल, कोषाध्यक्ष शान्तादेवी सुब्बा, तत्कालीन वडा नम्बर ३ का अध्यक्ष हरि बहादुर बानिया, वडा ७ का अध्यक्ष नेत्रप्रसाद उप्रेती र वडा नं। ३ का अध्यक्ष मोती लाल गणेशविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना हुन मागदाबी दिई बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।

यसैगरी, मधेश प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा गरिबी निवारण शाखा मधेश प्रदेश, जनकपुरधामबाट आर्थिक वर्ष २०७८/०७९ मा प्रदेशका आठै वटा जिल्लामा सहकारी सम्बन्धी आयमूलक तालिम सञ्चालन गर्न भनी वरिष्ठ शाखा अधिकृत ओम नारायण झाले झुठा बिल, भरपाई तयार गरी सात लाख एक हजार ३८० रुपियाँ भ्रष्टाचार गरेको आरोप लागेको छ।

प्रतिवादी झालाई नैंशी जेनरल अर्डर सप्लायर्सका प्रोप्राइटर अरहुला कुमारीले गैरकानुनी लाभ पुर्‍याउने उद्देश्यले अस्वभाविकरुपमा बढी मूल्य तिरेर झोला खरिद गरेको देखाइ भुक्तानी लिन सहयोग गरेको आयोगको विज्ञप्तिमा छ। कुमारीविरुद्ध तीन लाख ६८ हजार ८८० रुपियाँ बिगो रकम हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित

मितव्ययिताको नाममा कानुन र संविधानविपरीत कार्य गर्न नमिल्ने भन्दै बिज्ञापन सम्बन्धि सरकारको निर्णय सर्वोच्चद्वारा खारेजी

बुधबार, ६ साउन २०८३काठमाडौँ। सर्वोच्च अदालतले सरकारी विज्ञापन तथा सूचना सरकारी स्वामित्वका सञ्चारमाध्यम (गोरखापत्र, रेडियो

देशभरका अदालतले एक वर्षमा ५५ प्रतिशत मुद्दा फर्स्योट

सर्वोच्चको फर्स्योट दर २९.४६ प्रतिशत, उच्च अदालतमा दुई वर्षभन्दा पुराना मुद्दा शून्य काठमाडौं, साउन ४

काठमाडौँसहित ३५ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

साउन ३, काठमाडौँ। बाढी पूर्वानुमान महाशाखाले आइतबार काठमाडौँ उपत्यकासहित देशका ३५ जिल्लाका साना नदी तथा

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय निर्धारण

काठमाडौं, ३१ असार २०८३। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतले