एमाले देशको पहिलो शक्ति बन्दा मात्र देशको रक्षा हुने : ईश्वर पोखरेल

असार १७, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले एमाले चौतर्फी घेराबन्दीमा रहेको बताएका छन् । एमाले नेतृत्वको सरकारको पालामा चुच्चे नक्साको मुद्दा उठाए वापत् अहिले एमाले घेराबन्दीमा परेको पोखरेलले बताए ।धादिङ जिल्लाको प्रथम जिल्ला परिषद्को उद्घाटन गर्दै पोखरेलले एमालेलाई अहिले चारैतिरबाट घेराबन्दी गरिएको बताए । उनले अहिले एमालेलाई घेराबन्दी गरेपनि २०८४ को निर्वाचनपछि भने एमाले पहिलो शक्ति बन्ने उनको दाबी छ । एमाले देशको पहिलो शक्ति बन्दा मात्र देशको रक्षा हुने उनले बताए ।

एमालेले राष्ट्रिय र समृद्धिको कुरा गर्दा अहिले सबैको तारो बनेको पोखरलेको भनाई छ । उनले एमालेको पालामा भौतिक पूर्वधार निर्माणको कामले ऐतिहाशिकता कायम भएको उनले बताए । “एकै दिनमा १४ सय रणनीतिक महत्वका सडक शिलान्यायस भयो । एकैदिनमा ३९६ वटा अस्पताल निर्माणको काम सुरु भयो । यो एमालेका नेता ओलीले गरेको हो । उहाँसँग देश बनाउने सपना छ ।” उनले भने ।

एमालेसँग भएको यस्तै भिजनका कारण अहिले सबैले एमालेलाई घेराबन्दी गरेको उनलेको आरोप छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रधानमन्त्रीको फोटो टाँसेर सय दिनको कामहरू भन्ने उल्लेख गरिएको पुस्तिकामा चुच्चे नक्शा गायब बनाइएको बताए । उनले वर्तमान सरकारले ठूलाठूला देशभक्ति र स्वाभिमानको कुरा मात्रै गरेको तर चुच्चे नक्साको बारेमा कुनै वाक्य बोल्न नसकेको बताए ।

नेपालको संसदले सर्वसम्मत रुपले पारित भएको नेपालको चुच्चे नक्सालाई बुच्चे बनाइएको भन्दै उनले सरकारको निरन्तर आलोचना गर्दै आएका छन् ।

‘हामीले भनेका छौँ, यो चुच्चे नक्सा बनाउनुको अर्थ के हो भने, हाम्रो जमिन खोसियो, अतिक्रमण भयो, छिमेकीले हेप्यो। अब छिमेकीले अतिक्रमण गरेका भूमि फिर्ता लिनुपर्छ भनेर एमालेले भन्यो।’ पोखरेलले भने।

एमालेले छिमेकीसँग झगडा नगर्ने तर देशको स्वाधिनता र स्वतन्त्रता अलिकति पनि कमजोर हुन नदिने अडान रहेको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा